पर्यटन व्यवसाय सँगै लघु उद्यम

निरज अधिकारी
बेसीशहर, असोज १८ गते ।
हिमाली जिल्ला मनाङ सदरमुकाम चामेमा ज्ञान सीप विनै होटल व्यवसाय चलाउन थाल्नुभएका मेलीना गुरुङलाई शुरुमा व्यवसाय सञ्चालनमा निकै गाह्रो प¥र्यो । व्यवसायलाई स्तरिय बनाउन उहाँले तत्काल कुक तालिममा आफुलाई व्यस्त बनाउनुभयो । ‘अहिले आफै तरिकाको भेराईटी–भेराईटी भोजन बनाउन सक्छु, गुरुङले भन्नुभयो, तालिमप्राप्त २ जना कर्मचारी समेत राखेको छु, धैरै राम्रो छ, व्यवसायमा अहिले फुर्सद नै छैन् । डुब्ला भनेको लगानी अहिले यस्तो होला भन्ने लागेको थिएन, गुरुङले सुनाउनुभयो । गुरुङलाई स्थानीय स्तरमै दक्ष बनाउन सो क्षेत्रमा सञ्चालित लघु उद्यम कार्यक्रमको ठूलो हात छ ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) ले गुरुङलाई जस्तै मनाङका धेरै बासिन्दाको दैनिकिमा परिवर्तन ल्याईदिएको छ । आयातित वस्तुुले धानेको मनाङको बजार आजभोली केही वस्तु तथा सेवामा भने आत्मनिर्भर बन्दै गईरहेको छ । यसअघि बाहिरबाट लार्नुपर्ने बेकरी, उनका कपडा, राडीपाखी, आलु चिप्स, जुस लगायतका सामानहरु अहिले स्थानिय स्तरमा नै उत्पादन हुन थालेका छन् ।
गरिबि निवारण सँगै जीवनस्तरमा सुधार, रोजगारीको सिर्जना, स्थानीय स्रोत र साधनको अधिकतम उपयोग र प्रबद्र्धन गर्ने मुख्य उद्धेश्य सहित आर्थिक बर्ष २०७४÷०७५ मा मेड्पा कार्यक्रम मनाङको नासोङ गाउँपालिका र चामे गाउँपालिकामा सञ्चालन गरिएको थियोे । ‘कार्यक्रममा सहभागीहरु उल्लेख मात्रामा रहनुभयो, सहयोगी संस्था नेपालकी अध्यक्ष शोभा घिमिरेले भन्नुभयो, उद्यमीहरुको जोस, जाँगर र इच्छाशक्ति देख्दा निरन्तर उद्यम सञ्चालन, विकास, विस्तार तथा प्रवद्र्धन हुनेमा आश्वस्त छु ।’
स्थानीय उद्यमीहरुले तयार पारेको सामाग्री पाउँदा स्थानीय उपभोक्ता तथा पर्यटकहरु पनि धरै खुसी हुने गरेका छन् । स्थानीय स्तरमा उपलब्ध हुने साधन र स्रोत उपयोग हुने हुनाले उत्पादित सामान प्रति सबैको आकर्षण समेत बढेको छ ।
छोटो अवधिको तालिम ३३ जनालाई, मध्यम अवधिको तालिम २५ जनालाई र लामो अवधिको तालिम २४ जनालाई प्रदान गरिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । उक्त सिप विकास तालिमले घरघरमा रोजगारी सिर्जना गर्नुका साथै आम्दानीको दिगो स्रोतको रुपमा देखीएको छ ।
कार्यक्रम अन्तर्गत बजार स्रोत सम्भाव्यता अध्ययन, गाउँपालिका.स्तरिय अभिमुखीकरण, उद्यम विकास समिति गठन, सहभागितामुलक ग्रामिण लेखाजोखा कार्यक्रम, उद्यमशिलता विकास तालिम, सीप विकास तालिम, उपयुक्त प्रविधि हस्तान्तरण, बजारीकरणमा सहयोग तथा लघु वित्तमा पहुँच लगायतका कार्यक्रमहरु गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो । कार्यक्रमलाई घरेलु तथा साना उद्योग विकास समिति मनाङको पनि आर्थिक तथा प्राविधिक सहयोग मिलेको थियो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *