लमजुङ दरबार परिसरमा यशाेब्रह्म शाहकाे शालिक, प्रधानसेनापतिद्वारा अनावरण

गाउँशहर, असाेज २८ ।

लमजुङको बेसीशहर नगरपालिका वडा नं. ३ गाउँशहरस्थित शाहबंशको उद्गम थलो ऐतिहासिक लमजुङ दरबार परिसरमा शाहबंशका पूर्वज तत्कालीन लमजुङे राजा यशोब्रह्म शाहको शालिक स्थापना गरिएको छ ।
नेपाली सेनाको श्रीजंग गणको पहलमा स्थापना गरिएको शालिकको नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले अनावरण गरेका छन् ।
लमजुङ दरबारसंगै रहेको शक्ति स्वरुपा कालिका भगवतीको मन्दिरमा विशेष पुजा गर्न आइतबार गाउँशहर पुगेका प्रधान सेनापति थापाले शाहका अर्धकदको शालिक अनावरण गरेका हुन् ।


ऐतिहासिक, धार्मिक, पुरातात्विक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण गाउँशहर र लमजुङ दरबार क्षेत्रको महत्वलाई थप उजागर गर्न र पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यका साथ नेपाली सेनाको श्रीजंग गणले शाहको शालिक स्थापना गराएको हो ।
शालिक नेपाली सेनामा कार्यरत हवल्दार ओखलढुंगाका माधव पौडेलले निर्माण गरेका हुन् । मूर्ति बनाउन उनलाई करिब दुई महिना लागेको थियो । यशोब्रह्म शाहको तस्वीर नभए पनि पुराना शाहबंशीय राजाहरुको तस्वीर र शालिक हेरेर आफूले त्यस्तै अनुहार झल्किने गरी मूर्ति बनाएको उनले बताए ।
आइतबार आयोजित विशेष समारोहबीच प्रधान सेनापति थापाले लमजुङ कालिका भगवतीलाई नयाँ निशाना अर्पण गरेका छन् । नेपाली सेनाले कालिका भगवतिको पुरानो निशानको पर्दा फेर्नुका साथै पटांगिनीमा नयाँ मौलो स्थापना गरेको छ । सेनाले मन्दिरमा निशाना राख्ने दराजको ब्यवस्था गर्नुका साथै दरबार परिसरमा बगैंचा निर्माण समेत गरिदिएको छ ।
बाइसे चौविसे राज्यमा नेपाल विभक्त भएका बेला यशोब्रह्म शाह वि.सं. १५५० मा लमजुङको पहिलो राजा भएका थिए । यस अघि नै कास्कीका राजा कुलमण्डन शाहका माइला छोरा कालु शाहलाई लमजुङको राजा बनाउन ल्याइए पनि उनको राज्यभिषेक हुन नपाउँदै तत्कालीन लमजुङका घले राजाहरुले उनको हत्या गरिदिएका थिए ।
राजा बनाउन ल्याइएका कालु शाहको राजा हुन नपाउँदै हत्या भएपछि लमजुङेहरु फेरि राजा माग्न कुलमण्डन शाहकहाँ कास्की पुगे । छोरा मारिएको शोकमा परेका राजाले अर्को छोरा दिन मानेनन् । कुश्माकर घिमिरे, खजे दुरा, चामु धिँगाल लगायतका भारदारले राजालाई विश्वास दिलाए पछि राजाले जेठो छोराबाहेक अन्यमध्ये एक जना रोज्न लगाए ।
राजकुुमारहरु राती एकै ठाउँमा सुतिरहेका बेला सबै भन्दा माथि सिरानी राखी सुतेका कान्छा यशोब्रह्मलाई राजा बनाउँदा उपयुक्त हुने सोची लमजुङे भारदारहरुले उनैलाई मागि लमजुङको राजा बनाएको इतिहासमा पाइन्छ । यशोब्रह्म शाहलाई कास्कीबाट लमजुङको दुराडाँडा क्षेत्रमा ल्याइ सिन्दुरजात्रा गरिएको थियो । उनलाई सिन्दुरजात्रा गरिएको ठाउँ अहिले पनि सिन्दुरेढुंगाको नामले प्रख्यात छ । पछि पुरानोकोटमा ल्याइ यशोब्रह्म शाहको राज्याभिषेक गराइएको इतिहास छ ।
राजा यशोब्रह्म शाह पछि नरहरी शाह लमजुङको राजा भए । उनका भाइ द्रब्य शाह राइनासकोट गढीमा तैनाथ थिए । त्यहीँ रहँदा पारिपट्टि गोरखाको लिगलिगमा दौड जितेर राजा हुने चलन थिए । द्रब्य शाहले लिगलिगकोटमा दौड जितेर त्यहाँको राजा भए र पछि गोरखाको राजा भए । उनैका सन्तानको रुपमा पछि पृथ्वीनारायण शाहले नेपाल एकीकरणको शुरुवात गरेका हुन् ।
यशोब्रह्म पछि लमजुङमा उनका आठ बंशले राज्य गरेको इतिहास पाइन्छ । नरहरि शाह, चुडा शाह, अचिन्द्र शाह, नरेन्द्र शाह, केहरीनारायण शाह, भीम शाह, रिपुमर्दन शाह, र वीरमर्दन शाहले लमजुङमा राज्य गरे ।
१८३९ मा राजेन्द्रलक्ष्मीको नायवी कालमा लमजुङ नेपाल राज्यमा गाभियो । लमजुङका राजा बीरमर्दन शाह भागेर पर्वत पुगे । लमजुङसंगै तनहूँ र पर्वत पनि नेपाल राज्यमा गाभिए पछि तीनै ठाउँका राजाहरु काशीबास गएको किम्बदन्ती छ ।
लमजुङ दरबारसंगै रहेको कालिका भगवतीलाई शाहबंशले कुलाइनका रुपमा मान्दै आएका छन् । लमजुङ नेपालमा गाभिदा नै कुलदेवीको रुपमा रहेकी कालिका भगवतिको मूर्ति काठमाण्डौं लैजान खोज्दा मूर्ति बोक्न नसकेपछि यहीँ नै निर्विध्न र विधिवत रुपमा पूजा सञ्चालन गर्न पुजारी, सुसारेको ब्यवस्था गरी गुठीको समेत ब्यवस्था गरिएको इतिहास छ ।
लमजुङ कालिका भगवतीको


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *