नगदसहित ८ जना जुवाडेहरू पक्राउ

बेसीशहर, २० असाेज ।

लमजुङको राइनास नगरपालिका स्थित एक घरमा जुवा खेल्दै गरेका ८ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

राइनास नगरपालिकाके वडा नं. ५ कैनीटारमा रहेके राम कडरियाको घरबाट गत अाइतबार उनीहरू पक्राउ परेका हुन् । जुवा खेलेकाे सुचनाकाे अाधारमा पुगेकाे प्रहरीले जुवा खेल्दै र च्याखे थाप्दै गरेका ८ जनालाइ समातेकाे हाे । उनीहरूकाे साथबाट नगद ४९ हजार ९ सय २० समेत बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेकाहरूलाइ आवश्यक कानुनी कारबाही गर्न जिल्ला प्रशासन कार्यालयकाे अनुमतिमा हिरासतमा राखिएकाे छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *