मनाङकाे स्थानीय पुर्वधार बिकासका लागि ४ कराेड बजेट

नवीन लामिछाने

चामे, २० कार्तिक ।

मनाङमा स्थानीय पुर्वधार विकास साझेदारि कार्यक्रममा रु ४ कराेड रकम विनियाेजन गरिएकाे छ । चारवटा गाउँपालिका रहेकाे यस जिल्लामा जिल्ला समन्वय समिति र यस जिल्लामा रहेका केन्द्रीय संसद साथै प्रदेश साम्सदहरुकाे सहमतिमा बजेट विनियाेजन गरिएकाे हाे ।

संघिय साम्सद पाेल्देन छाेपाङ गुरुङकाे सम्याेजकत्वमा भएकाे कार्यक्रममा संघीय सांसद कर्म घले, प्रदेश सांसद चिन्ताबहादुर घलेसहित जिल्ला समन्वय समितिका अध्यक्ष, उपाध्यक्ष र सदस्यहरू चारवटै गाउँपालिकाका अध्यक्षहरूकाे सहभागिता थियाे ।

चारवटै गाउँ पालिकाे अावश्यकतालाई मध्यनजर गरी बजेटकाे बाणफाण गरिएकाे प्रदेश साम्सद चिन्तवहादुर घलेले बताए । उनका अनुसार शिक्षा मा ६० लाख, सडक तथा घाेडेटाे वाटाेकाे लागि ७५लाख खाने पानी तथा सिन्चाइकाे लागि रु ३५ लाख विनियाेजन गरिएकाे छ । साथै पर्यटन विकास तथा मठमन्दिर, गुम्वा निर्मणका लागि रु ७१ लाख साथै विधुतका लागि रु २ ०लाख छुटाईएकाे छ ।

कार्यक्रम सबैकाे सहमति र साझेदारिमा भएकाे साम्सद कर्म घलेले बताए । मनाङ पर्यटकिय जिल्ला भएकाेले पर्यटनकाे अाकर्षणका ठाउँहरुमा महत्व दिएकाे उनकाे भनाई छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *