लमजुङको मर्स्याङदी गाउँपालिकामा मर्स्याङदी महोत्सव शुरू

लमजुङ, ३ मंसिर ।

हरिबोधनी एकादशी पर्वको अबसर पारेर लमजुङको मस्र्याङदी गाउँपालिकामा मस्र्याङदी महोत्सव आयोजना गरिएको छ । मस्र्याङदी गाउँपालिकाको आयोजनामा शुरु महोत्सव मंसिर ६ गतेसम्म चल्ने छ । महोत्सवको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उदघाटन गरे ।
उद्घाटनका अवसरमा मुख्यमन्त्री गुरुङले कृषि, पर्यटन र जलश्रोतको माध्यमबाट प्रदेशमा सम्बृद्धि ल्याउन सकिने भन्दै लमजुङको विकासका लागि पर्यटन र जलश्रोतले महत्वपूर्ण भूमिका खेल्ने बताए । देशले राजनीतिक क्रान्ति पुरा गरिसकेको भन्दै गुरुङले अब आर्थिक क्रान्तिका लागि सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिए । समृद्धि भाषणले मात्र नआउने भएकाले यसका लागि काम गर्नु पर्ने भन्दै उनले प्रदेश सरकारले समृद्धिका लागि काम अघि बढाएको जानकारी दिए ।


गण्डकी प्रदेशमा स्याङजाको सिरुवारीबाट पहिलो होमस्टेको अवधारणा शुरु भएको स्मरण गर्दै उनले लमजुङको घलेगाउँले संसारमै ख्याति कमाएकोमा गर्व गरे । प्रदेश सरकारले होमस्टेको माध्यमबाट जनताको जीवनस्तर उकास्न ३० करोड बजेट छुट्याएको जानकारी दिए । लमजुङमा तीनसय होमस्टे प्रवद्र्धन गर्ने कार्यक्रम आउने जानकारी दिँदै उनले प्रदेशको कृषि उत्पादन बढाइ गरिबी अन्त्य गर्नका लागि उत्पादनमुखी कार्यक्रमलाई बढवा दिइएको भन्दै गण्डकी प्रदेशभर ४ सय मोडेल कृषि फार्म प्रवद्र्धन गर्न ४० करोड बजेट छुटयाइएको जानकारी दिए ।
कार्यक्रममा नेकपाका नेता तथा गण्डकी प्रदेश सदस्य, मायानाथ अधिकारी, प्रदेश सदस्यहरु धनञ्जय दवाडी, मधुमाया अधिकारी, संविधानसभाका सदस्य जमीन्द्रमान घले, नेपाली कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेल, राप्रपा गण्डकी प्रदेश इन्चार्ज हेमजंग गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे, बेसीशहरका नगरप्रमुख गुमानसिंह अर्याल, लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापा लगायतका वत्ताहरुले महोत्सवको सफलताको शुभकामना दिँदै मस्र्याङदी गाउँपालिकाको समृद्धिका लागि गर्नु पर्ने कामका लागि सुझाव दिनुभएको थियो ।
मस्र्याङदी गाउँपालिकाको सम्भावनालाई उजागर गर्दै कृषि, पर्यटन, जलश्रोतको विकासले गाउँपालिकालाई समृद्ध बनाउने उदघोषका साथ महोत्सव आयोजना गरिएको हो । ‘सम्वृद्ध, आधुनिक, हराभरा गाउँपालिकाको आधार–कला, संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उर्जा र पूर्वाधार’ भन्ने नारा महोत्सवले लिएको छ ।
परम्परादेखि नै ठूलो एकादशीको मेला लाग्ने खुदीवेनीमा महोत्सव सञ्चालन भएको हो । खुदीबजारमा रहेको अमर माध्यमिक विद्यालयको प्रांगणमा शुरु भएको महोत्सवमा धार्मिक मेलासहित स्थानीय कृषि उपजको प्रर्दशनी, स्थानीय कला संस्कृतिको प्रर्दशन, होमस्टेसहितका विभिन्न पर्यटकीय गाउँहरुको भ्रमण, अर्गानिक गाउँले खाना, विविध राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्वारा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुति, भलिबल, छेलो, मिनी म्याराथन लगायतका खेल प्रतियोगिता, मसिहितको खेलकुँद प्रतियोगिता, नृत्य प्रतियोगिता, वडास्तरीय दोहोरी गीत प्रतियोगिता आयोजना गरिएको छ ।
२० हजार दर्शकले अवलोकन गर्ने आंकलन गरिएको महोत्सवमा १६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सव स्थलमा विभिन्न ब्यापारिक, गैरब्यापारिक गरी ३० वटा स्टल राखिएका सहसंयोक तथा गाउँपालिका उपप्रमुख होमबहादुर विकले बताए ।
महोत्सव अवलोकन गर्न आउने पाहुनाहरुलाई साँझ स्थानीय ग्रामीण पर्यटनउन्मुख गाउँहरुमा घरबासको ब्यवस्था मिलाइएको महोत्सवका संयोजक तथा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । दिनभर मेला हेरेर राती होमस्टेको मज्जा लिन चाहनेहरुलाई आकर्षक प्याकेजका साथ भुष्मे, सिउरुङ, ढंगै, छापा, मिप्रा, भलामचौर, घनपोखरा लगायतका स्थानमा रहेका गाउँहरुमा घरबासको ब्यवस्था मिलाइएको छ ।
महोत्सवमा घनपोखराको पहरामा भीरमौरीको शिकार पनि गरिँदै छ ।
महोत्सवको दोसो दिन अर्थात आज आङ जिरिङ्ग हुने छङ्गाछुर भीरमा बहादुर महशिकारीहरुले चोयाको डोरीले बनेको भ¥याङमा झुण्डिएर महशिकार गरेको हेर्ने अवसर महोत्सवले जुराउने भएको छ । केही दिन अघि सोही गाउँपालिकाको वडा नं. ४ स्याँगेमा पर्ने मिप्राभिरमा पनि महशिकार गरिएको थियो । महोत्सवको प्रमुख आकर्षण मानिएको महशिकार कार्यक्रम रोमाञ्चक हुने विश्वास गरिएको छ ।
महोत्सव सफल बनाउन गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको संयोजकत्वमा १ सय २५ सदस्यीय मुल आयोजक समिति बनाइएको छ । १५ सदस्यीय सचिवालय र १० वटा उपसमिति समेत गठन गरिएको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *