मर्स्याङदी महोत्सवले प्रशस्त सम्भावना उजागर गरेकाे दावी

बेसीशहर, ९ मंसिर ।
लमजुङको मर्स्याङदी गाउँपालिकामा ४ दिनसम्संम चलेकाे प्रथम मर्स्याङदी महोत्सवले त्यहाँकाे परिचय देश विदेशमा पुर्याउनुका साथै त्यहाँका सम्भावनालाइ उजागर गरेकाे छ ।
मंसिर ३ देखि ६ सम्म चलेकाे महाेत्सवले मर्स्याङदी गाउँपालिकाकाे विकासका लागि प्रशस्त सम्भावनाका ढाेका खाेल्नुका साथै सिंगाे गाउँलाइ पर्यटन, जलश्राेत, कृषि र संस्कृतिकाे माध्यमले विकास गर्न सकिने सम्भावनालाइ उजागर गरेकाे हाे ।
‘समृद्ध, आधुनिक, हराभरा गाउँपालिकाको आधार, कला, संस्कृतिको संरक्षण कृषि, पर्यटन, उर्जा र पूर्वाधार’ भन्ने नाराका साथ महोत्सव संचालन गरिएको थियो । महोत्सवमा डेढ करोड रुपियाँको कारोबार भएको र झण्डै २५ हजार दर्शकले अवलोकन गरेको अनुमान गरिएकाे छ ।
महाेत्सवमा स्थानीय संस्कृति झल्कने घाँटु, सेर्गा, ध्याब्रे नाँच, कृष्णचरित्र, बालन, भजनलगायत स्थानीय सँस्कृति झल्कने प्रस्तुतीले अझै पनि त्यहा संस्कृति जीवितै छ भन्ने सन्देश दिएकाे छ । यसले भाषा संस्कृतिकाे  संरक्षणमा टेवा पुग्ने  विश्वास पनि गरिएकाे छ ।
 स्थानीय अर्गानिक खानाका परीकार, स्थानीय गाउँहरूमा हाेमस्टे, कृषि तथा जडिबुटी, सहासिक पर्यटनकाे सम्भावनाकाे ढाेका महाेत्सवले खाेलेकाे छ । गाउँपालिकाकाे आर्थिक, सामाजिक, साँस्कृतिक पक्षलाई सवल बनाउन, जाति, भाषा, धर्मको संरक्षणमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षाा गरीएकाे गाउँपालिकाका अध्यक्ष तथा महाेत्सवका संयाेजक अर्जुन गुरूङले बताए ।
महाेत्सवले मर्स्याङदी गाउँपालिकामा गाउँ पिच्छे हाेमस्टे सञ्चालन गर्न सकिने सम्भावना उजागर गरेकाे छ । मिप्रा, छापा, सिउरूङ, ढंगै, घनपाेखरा, भलामचाैर, भुष्मे जस्ता गाउँहरूमा हाेमस्टे प्रबर्धनमा महाेत्सवले सहयाेग पुर्याएकाे छ ।
 त्यस्तै घनपाेखरा, स्यांगेकाे मीप्रा भीर, काप्रेभीर जस्ता भीरहरूमा भीरमाैरीकाे मह  शिकार गरी स्वदेशी तथा विदेशी पर्यटक तान्न सकिने र यसबाट स्थानीयकाे अार्थिक अवस्था उकास्न सकिने सम्भावना पनि देखिएकाे छ । महाेत्सव अघि मिप्राभीरमा र महाेत्सवका क्रममा घनपाेखराकाे भीरमा महशिकार गर्दा देखिएकाे अाकर्षणले यसकाे पुष्टी पनि गरिदिएकाे छ ।
त्यसैगरि स्थानीय अल्लाे, भेडाकाे उनबाट बनेका हस्तकलाका सामग्री देश विदेशमा पुर्याएर अाम्दानी गर्न सकिने सम्भावना पनि त्यतिकै देखिएकाे छ । यहाँ चाेया बाताबाट बनेका डाेकाे, थुन्से, भकारी, चित्रा, डाला, नाङला देखि बख्खु, राडी पाखीकाे राम्राे उत्पादन हुन्छ । महाेत्सवले यसकाे पनि प्रचार गरेकाे छ ।
महाेत्सवमा विविध रमाइला कार्यक्रमका साथमा स्थानीय जडिबुटी, हस्तकलाकाे प्रदर्शन र  विक्री पनि राम्रै भएकाे अनुमान गरिएकाे छ । सबै गरी महाेत्सवमा करीब डेढ कराेडकाे काराेबार भएकाे अनुमान गरिएकाे महाेत्सवका सहसंयाेजक तथा गाउँपालिकाका उपप्रमुख हाेमबहादुर  विकले बताए ।
महाेत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारले सांगितीक प्रस्तुती दिएका थिए । विभिन्न  ३० वटा ब्यापारिक स्टल महाेत्सवमा राखिएको थियो । महोत्सवमा वडास्तरीय लाकदोहोरी,  मावि स्तरीय नृत्य,  वाल उद्यान, मिनि म्याराथन, खुला भलिबल, छेलो प्रतियोगिता अायाेजना गरिए ।
 महोत्सवमा बल्छी धु्र्वे (मरिचमान श्रेष्ठ), राजु मास्टर, लोक गायक मिलन लामा, गायिका सम्झना भण्डारी, मञ्जु विक, लक्ष्मी तामाङ, रामप्रसाद गुरुङलगायतको  प्रस्तुती रहेको थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले उद्घाटन गरेकाे महाेत्सव सांसद देव गुरूङले समापन गरेका थिए ।

कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *