करपुरेश्वर सहकारीकोे ५ औं अधिवेशन सम्पन्न, अध्यक्षमा दनाइ

१६ मंसिर,२०७५
करपुरेश्वर बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा तथा ५ औं अधिवेशन शनिबार बेसीशहरमा सम्पन्न भएको छ ।
अधिवेशनले मिलन शर्मा दनाईको अध्यक्षतामा नयाँ सञ्चालक समितिको चयन गरेको छ ।
समितिको उपाध्यक्षमा सीता श्रेष्ठ, सचिवमा रामकृष्ण बराल, कोषाध्यक्षमा शरदा खनिया चिुल्वाल, सहसचिवमा घना खड्कालाई चयन गरेको छ । त्यस्तै सञ्चालक समितिको सदस्यहरुमा गोपाल बहादुर श्रेष्ठ, कुसुम बराल, रेशम दनाई, रेशमबहादुर अधिकारी, शान्ता पौडेल र बृजालाल श्रेष्ठ चयन हुनु भएको छ ।
अधिवेशनले राजकुमार रावलको अध्यक्षतामा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति पनि चयन गरेको छ ।
।अधिवेशनको उदघाटन गर्दै जिल्ला वचत संघका अध्यक्ष दुर्गाभक्त धमलाले सहकारी ऐनको अस्पष्टताले सहकारीहरुमा अन्यौलको स्थिति देखा परेको बताउनुभयो । उहाँले सहकारी ऐनमा देखिएका विद्यमान समस्या सुल्झाएर सहकारीहरुलाई सशक्त बनाउनु आवश्यकता औल्याउनु भयो ।
उहाँले सहकारीको वर्तमान अवस्थालाई हेरेर मात्र सहकारीको सबै पक्षको मुल्यांकन गर्न नहुने भन्दै सहकारी संस्थाहरु कसरी चलेका छन त्यो महत्वपूर्ण हुने बताउनभयो । सहकारीको मुल्य मान्यता अनुसार चल्ने सहकारीहरुको मुनाफा कम हुने गरेको उदाहरण दिँदै उहाँले सहकारीहरुको मुनाफा कम देखिएमा धराशयी भएको भन्न नमिल्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष अग्नी विलास अधिकारीले प्रस्तुत गर्नु भएको संस्थागत प्रतिवेदन र कोषाध्यक्ष सरोज दनाईले पेश गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
कार्यक्रममा सल्लाहकार शिवराम सिलवाल, लेखा सुपरीवेक्षण समितिका संयाजक दीपक बराल, राहत कोष समितिका संयोजक विष्णु प्रसाद अधिकारी, शेयर सदस्य तथा लमजुङ उद्योग बाणिज्य संघका द्वितीय उपाध्यक्ष गुणराज सिलवाल, शेयर सदस्य सीता श्रेष्ठलगायतले शुभकामना मन्तब्य राख्दै संस्थाको हितका लागि गर्नुपर्ने कामका बारेमा सुझाव दिनु भएको थियो ।
साधारण सभाका अवसरमा उत्कृष्ट बचतकर्ताको रुपमा बेसीशहर ८ का कमला कँडेल र उत्कृष्ट ऋणीको रुपमा बेसीशहर ३ का चन्द्रकान्त दुलाललाई प्रशंशा पत्रका साथ सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष अग्नीविलास अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *