पालिकास्तरीय भलिवलकाे उपाधि राइनासलाइ, मध्यनेपाल उपविजेता

१६ मंसिर । लमजुङमा पहिलो पटक अायाेजना भएकाे पालिकास्तरिय भलिबल प्रतियोगिताकाे उपाधि राइनास नगरपालिकाले जितेकाे छ । अाइतबार सम्पन्न भएकाे फाइनल खेलमा मध्यनेपाल नगरपालिकालाइ हराउँदै राइनासले प्रथम पुरस्कार जितेकाे हाे ।

राइनास नगरपालिकाले उपाधिसंगै नगद ५० हजार, ट्रफि, स्वर्ण पदक र प्रमाणापत्र पाएकाे छ । द्वितीय स्थानमा चित्त बुझाएकाे मध्यनेपालले नगद २५ हजार, रजत पदक र प्रमाणापत्र पाएकाे छ ।

प्रतियोगीतामा लमजुङका चार नगरपालिका र चार गाउँपालिका गरी ८ टीम सहभागी थिए । सेमीफाइनलमा पुगेका दाेर्दी र मर्स्याङदी गाउँपालिकाले  नगद १०-१० हजारकाे सान्त्वना पुरस्कार पाए । प्रतियाेगितामा मर्स्याङदी गाउँपालिका अनुशासित टीम घाेषित भयाे । त्यस्तै

प्नतियाेगी खेलाडीहरूलाइ बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, जिल्ला खेलकुद विकास समितिका अध्यक्षा गाेविन्द बस्नेत, जिल्ला भलिवल संघका अध्यक्षा दिवाकर बराललगायतले पुरस्कार तथा प्रमाणापत्र दिए । प्रतियाेगिता शुक्रबार गण्डकी प्रदेशका प्रमुख सचेतक एवं सांसद मायानाथ अधिकारीले उद्घाटन गरेका थिए ।

 

 

 

 

प्रतियोगीताको उद्घाटन गर्दै प्रमुख सचेतक अधिकारीले भलिवल खेलको प्रशस्त सम्भावना भएकाले उक्त खेलको संरक्षण गर्नुपर्ने बताए । उनले भने यस्ता प्रतियोगीताले जिल्ला भित्र छरिएर रहेका खेलाडीको लुकेका प्रतिभालाई बाहिर ल्याउन मदत पुग्नेछ ।

प्रतियोगीतामा जिल्लामा रहेका ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ वटा स्थानिय तहका खेलाडीहरुको सहभागीता रहेको छ । जिल्ला भलिवल संघ लमजुङका अध्यक्ष दिवाकर बरालको अध्यक्षतमा भएको कार्यक्रममा नेकपाका जिल्ला संयन्त्र सदस्य कृष्णाप्रसाद अधिकारी, नेपाली काङग्रेसका सचिव हरि बराल ,नयाशक्ति पार्टीका राजु थापा, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल लगाएतको उपस्थिति रहेको थियो ।

जिल्ला भलिबल संघ लमजुङका अध्यक्ष दिवाकर बरालले जिल्लामै पहिलो पटक आयोजना गरिएकाले पालिकास्तरिय भलिबल प्रतियोगीताले भलिबल खेलको विकास गर्न सहयोग पुग्ने बताए ।

मस्र्याङदी गाउँपालिका र बेशीसहर नगरपालिका बीच भएको पहिलो खेलमा बेसीशहर नगरपालिका मस्र्याङदी गाउँपालिका दोस्रो चरण प्रवेश गरेको छ । भलिबल प्रतियोगीतामा प्रथम हुने टिमलाइ नगद ५० हजार,मेडल,प्रमाणपत्र र पशंसा पत्र ,दोस्रो हुनेलाई नगद २५ हजार मेडल र प्रमाणपत्र र सान्तवना दुई समुहलाई नगद १०-१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिने जिल्ला भलिबल संघ लमजुङका अध्यक्ष बरालले बताए । शुक्रबारबाट सञ्चालन भएको प्रतियोगीता आइतबारसम्म बेसीशहरको फुलबारी मञ्चमा सञ्चालन हुनेछ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *