लमजुङ र काठमाण्डौंका नेवार समुदायबीच शुभकामना, संस्कृति र रितिरिवाजबारे छलफल

¬बेसीशहर, १६ मंसिर ।
लमजुङ र काठमाण्डौंका नेवार समुदायले लमजुङ सदरमुकाम बेसीशहरमा शुभकामना आदनप्रदान गरेका छन् ।
नेपाल सम्बत् ११३९ को अवसरमा उनीहरुले औपचारिक कार्यक्रम आयोजना गरी खुशीयाली मात्र मनाएनन् आ–आफ्नो संस्कृति र रितिरिवाजबारे छलफल पनि गरेका छन् । शंखधर साख्वाँले प्रतिपादन गरेको भनिने नेपाल सम्बतको प्रवद्र्धनका लागि नेवा देय दबुको आयोजनामा यो कार्यक्रम भएको हो ।
यसका लागि नेवारी संस्कृति र भेषभूषा झल्काउँदै काठमाण्डौंका नेवारहरु गोरखा हुँदै लमजुङ आइपुगेका हुन् । शनिबार बेलुकी यहाँ आएका उनीहरुले आइतबार बिहान लमजुङको गाउँशहर पुगेर दृष्यावलोकन समेत गरे । शनिबार साँझ काठमाण्डौंकै समुदायले बेसीशहरमा रात्रीभोज आयोजना गरेको थियो । रात्रीभोजमा लमजुङ र विशेषगरी बेसीशहरका नेवार समुदायहरुको पनि सहभागिता रह्यो ।


शनिबार बिहान गाउँशहर पुगेको सो टोलीलाई गाउँशहरका नेवार समुदायले स्वागत गरेका थिए । बिहानको चिया नास्ताका साथ दृष्यावलोकन पछि काठमाण्डौंको टोली बेसीशहर फर्केको थियो । उनीहरुलाई बेसीशहरको नेवार समुदायले दिवा भोज दिएको थियो ।
बेसीशहरमा औपचारिक कार्यक्रम हुनु पूर्व बेसीशहर बजारमा सांस्कृति ¥यालीको आयोजना गरिएको थियो । आफ्नो मौलिक भेषभूषामा नेवार समुदाय ¥यालीमा निस्किएका थिए । ¥याली फूलबारी मञ्चमा पुगी औपचारिक शुभकामना आदनप्रदानको कार्यक्रम गरिएको थियो । साे क्रममा विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएकाे थियाे ।


औपचारिक कार्यक्रममा मन्तब्य राख्दै गण्डकी प्रदेशका सांसद मायानाथ अधिकारीले नेवारी संस्कृति मुलुककै गहना भएको भन्दै भाषा, संस्कृतिको संरक्षणमा जोड दिए । उनले नेपाल सम्बतको ऐतिहासिकतबारे प्रकास पार्दै राज्यले पनि उनलाई राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेको स्मरण गरे ।
कार्यक्रममा भाषा, संस्कृति, रितिरिवाज लगायतका विषयमा छलफल गरिएको थियो । शुभकामनाका कार्यक्रम सम्पन्न गरी काठमाण्डौंको टोली बन्दीपुरतर्फ लागेको बताइएको छ । बन्दीपुरमा समेत यस्तै कार्यक्रम गरी टोली काठमाण्डौं फर्किने छ ।
(तस्वीरहरू – शान्ति श्रेष्ठकाे फेसबुकवालबाट)


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *