आज बाला चतुर्दशी, दिवांगत आफन्तको मोक्षका लागि सदबीज छरिँदै

बेसीशहर, २० मंसिर ।
आज बाला चतुर्दशी अर्थात मार्गशीर्ष कृष्ण चतुर्दशी । आजको दिन ¬बिहानै शिवालय क्षेत्रमा दिवांगत आफन्तको नाममा सद्वीज छरिँदै छ ।
हिन्दू वैदिक शास्त्र अनुसार बाला चतुर्दशीको अघिल्लो रातबाट शिवालय मन्दिरमा महादीप बाली जाग्राम गरी शिवस्तुती गरी बिहान सवेरै गंगास्नान गरी सदबीज छरेमा दिवांगत आफन्तहरुले मोक्ष प्राप्त गर्ने विश्वास गरिन्छ । यसै विश्वास अनुसार आज बिहान लमजुङको करापुटारस्थित ईशानेश्वर महादेव मन्दिर, बेसीशहरको करपुरेश्वर महादेव मन्दिरसहित पाउँदी, खुदीवेनी लगायतका स्थानका शिवालयहरुमा भक्तजनहरुको घुइँचो छ ।

सदवीज छर्नु अघि बेसीशहरस्थित करपुरेश्वर मन्दिर नजिकै मर्स्याङदी नदीमा पूजा अर्चना गर्दै एक महिला । तस्वीर – लमजुङ मनाङ डटकम

आजको दिन काठमाण्डौंको पशुपतिनाथ मन्दिर क्षेत्रमा विशेष धार्मिक मेला लागेको छ । पशुपतिको मृगस्थलीमा दिवांगत आफन्तका नाममा सदवीज छर्ने र पशुपतिको दर्शन गर्न देशभरबाट भक्तजनहरु पशुपति पुगेका छन् ।
शास्त्रीय विधान अनुसार आजको दिन धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष पाउने मान्यता छ । तर सदबीजमा धानका साथमा मकै, काउनो, मास, हलेदो, गहूँ र जौ समेत गरी सातथरी बीज जम्मा गरी छर्ने प्रचलन पनि छ । सद्बीजलाई सात बीज सम्झेर त्यसो गरिएको अनुमान गरिन्छ ।
काठमाण्डौंमा पशुपति क्षेत्रको मृगस्थली, विश्वरुप, सूर्यघाट, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाटलगायत क्षेत्रमा बिहानैदेखि शतबीज छर्ने भक्तजनको भीड लागेको छ । काठमाण्डौंको पशुपतिसँगै, भक्तपुरको डोलेश्वर महादेव, गोकर्णेश्वर, वसन्तपुरस्थित हनुमानढोका दरबामा रहेकोे शिवालय, चितवनको देवघाटलगायत देशभरका शिव मन्दिरमा भक्तजनले दिवङ्गत पितृका नाममा शतबीज छरेका छन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *