खुसी ला´को छ ( बालकविता)


~ मदन घिमिरे

बादल लाग्यो आकाशमा,
पानी पर्छ कि ।
बाबा भन्दै हुनुन्थ्यो,
बिगार गर्छ कि ।

पल्लाघरे काकीको
धान उठाउन ।
आमा मेला जानुभो,
पर्म लगाउन ।

आज हाम्रो खेतको,
धान काट्ने रे ।
पर्सि कुन्यु लगाई,
दाइँ आँट्ने रे ।

कुन चैँ खलो बनाउने,
रोज्नै बाँकी छ ।
दाइँ राख्नलाइ दयेँरा,
खोज्नै बाँकी छ ।

खले गरो तासेर,
लिपपोत पारियो ।
गोरु बाँध्न बिचमा,
मियो गाडियो ।

भोलि गर्ने भनेको,
कल्ले गर्‍यो रे ।
पर्सि चाहिँ हाम्रो नै,
पालो पर्‍यो रे ।।

त्यो दिनचाहिँ आमाले,
खाजा पकाउने ।
मैले दाइँमा गएर,
गोरु धपाउने ।

ऐले बल्ल किसानलाई,
दसैँ आ´को छ ।
मुरी अन्न भित्र्याउँदा,
खुसी लाको छ ।।
– रूपा गाउँपालिका, कास्की


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *