प्रेस युनियन लमजुङको अध्यक्षमा ऋषि अधिकारी 

बेसीशहर, माघ ११ ।
नेपाल प्रेस युनियन लमजुङ शाखाको अध्यक्षमा ऋषि अधिकारी चयन भएका छन् । शाखाको हालै सम्पन्न छैंटौं जिल्ला अधिवेशनले अधिकारीलाई अध्यक्षमा चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा आस गुरुङ, श्याम सितल परियार र महिला उपाध्यक्षमा शान्ता कमलीलाई चयन गरेको छ ।
यस्तै शाखाको सचिवमा निरज अधिकारी, सह–सचिवमा सम्झना तामाङ, कोषाध्यक्षमा सुशिला (पौडेल) रिमाल चयन भएका भएका छन् । उता, सदस्यहरुमा सञ्जय गुरुङ, शोभा ठकुरी, सुजन वानिया, खुशी गुरुङ, प्रकाश न्यौपाने, सरिता थापा र शिक्षा पन्तलाई चयन गरिएको छ ।

अधिवेशनले केन्द्रिय पार्षदमा परमेश्वर अधिकारी, छविलाल बगाले, दीपक अधिकारी, सन्देश पौडेल, जीवी घिमिरे र अन्जु रिमाललाई चयन गरेको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *