मनाङमा भारी हिमपात, जनजीवन कष्टकर

नविन लामिछाने,

मनाङ, माघ ११

मनाङ सदरमुकाम चामेसँगै माथिल्लो मनाङको हुम्डे, खांङसारलगायत क्षेत्रमा मंगलवार अपराह्नदेखि सुरु भएको हिमपातले जनजीवन नराम्ररी प्रभावित भएकाे छ ।

सदरमुकाम चामेमा निरन्तर हिउँ पर्दा तीन फिटभन्दा बढी जमेको प्रमुख जिल्ला अधिकारी  रुद्रनाथ देवकोटाले बताए । हिमपातसँगै बढेको चिसोका कारण मानिसहरु घरबाहिर निस्कन सकेका छैनन् ।

मौसमविद वरुण पौडेलका अनुसार बिहीबार र शुक्रबार सधार भए पनि शनिबारदेखि पुनः मौसममा खराबी आउने सम्भावना छ । पश्चिमी वायुको कारण मौसममा खराबी आएको  मौसमविद पौडेलले  जानकारी दिए। चिसोका कारण जनजीवनमा विपद नआओस् भनी पूर्वतयारी गरेको प्रजिअ देवकोटाको भनाइ छ। यस वर्ष बेलैमा हिमपात भएकाले किसानहरु हर्षित छन्।  मनाङमा हिउँ परेपछि बालीनाली सप्रिन्छ भन्ने विश्वास गरीन्छ ।

यसैबीच मनाङ जिल्लामा आउने पर्यटकलगायत सर्वसाधारणलाई सुरक्षित  रहन जिल्ला प्रशासन कार्यालय मनाङले आग्रह गरेको छ। हिमालपारिको जिल्ला मानाङ हिउँ नै हिउँले ढाकिएको छ। मंगलबार दिउँसोदेखि परेको हिउँ अझै सुकेकाे छैन। 

हिमपातका कारण कुनै अप्रिय घटना भने घटेकाे छैन।  त्यस्तै, जिल्ला प्रहरी कार्यालय चामे मनाङले हिमपातका बेला कुनै अप्रिय घटना नघटोस् भनी गस्ती टोली खटाएको  डिएसपी खड्कबहादुर खत्रीले बताए। सदरमुकाम चामे आसपास माथिल्लो मनाङ हुम्डे लगायतका ठाउँहरुमा प्रहरीले गस्ती गर्नुका साथै सर्वसाधारणहरूलाई हिमपातबाट सुरक्षित रहन भनिरहेको छ। हिमपातपछि  माथिल्लो मनाङमा फोन सम्पर्क हुन सकेको छैन।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *