जग्गा कीर्ते गरी बिक्री गर्ने चार जना जेल चलान

बैंकमा धिताे राख्ने भनि जग्गाधनीलाइ भ्रममा पारेर फुस्लाएर ४४ रोपनी जग्गा कीर्ते गरी बेचविखन गर्ने चार जनालाइ जिल्ला अदालत लमजुङले जेल चलान गरेकाे छ ।

लमजुङ जिल्ला अदालतको आदेशमा उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको हाे ।

जेल जानेमा बेसीशहर नगरपालिका-३  स्थायी घर भएका ४८ वर्षीय काजीराम दमै, सोही नगरपालिका– ८ घर भएका बसन्त बराल, सोही नगरपालिका-४ की ३७ वर्षीया हरिमाया गुरुङ र सोही नगरपालिका-९ बिम्दाबेसी स्थायी बसोबास गर्ने मिलन गुरुङ रहेका छन् ।

सोही मुद्दामा नुवाकोटको साविक सिग्रे गाविस-६ स्थायी घर भएका २६ वर्षीय दीपक तामाङ र काभ्रेको सिपली चिलाउने गाविस-१ स्थायी घर भएका २६ वर्षीय बुद्ध लामा फरार छन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रनाउ यादव ढकालका अनुसार जेल जानेमध्ये हरिमाया गुरुङ जग्गा धनी  ८१ वर्षीय मनमाया गुरूङकी पनातिनी हुन् । उनले अन्य जग्गा दलालहरूसंग मिलेर मनमायाकाे नाममा पुरानाेकाेटका विभिन्न स्थानमा रहेका विभिन्न कित्ता जग्गा किर्ते गरी बिक्री गर्न सघाएकी हुन् ।

यसका लागि उनले बेसीशहरमा जग्गाकाे दलाली गर्दै अाएका बराल र दमैसंग साँठगाँठ गरेकी थिइन् । अाफ्नी बज्यैलाइ अाफूलाइ ब्यापार गर्न पैसा अावश्यक परेकाे र त्यसका लागि मनमायाकाे जग्गा बैंकमा धिताे राखी ऋण लिने र पछि चुक्ता गर्ने भनि फकाएर उनकाे सहीछाप लिएर ४४–९ – ९ –३  क्षेत्रफल जग्गा विक्री गराएकी थिइन् ।

पछिल्लाे पटक पुनः मनमायाकाे ३२ राेपनी जग्गा त्यसरी नै कीर्ते गरी बिक्री गर्न लाग्दा उनीहरूकाे पाेल खुलेकाे हाे ।

वडा नं. ३ का अध्यक्ष लालबीर गुरूङकाे हस्ताक्षर कीर्ते गरी दाेस्राे पटक पनि जग्गा विक्री गर्न लाग्दा उनीहरूकाे पाेल खुलेकाे हाे । जग्गा विक्रीका लागि वडाकाे सिफारिस चाहिने र वडा अध्यक्षकाे हस्ताक्षरका लागि वडा सचिवले अध्यक्षलाइ भेटर गराउन भनेकामा वडाध्यक्षकाेमा नगै वडा कार्यालयकाे छाप र वडाध्यक्षकाे हस्ताक्षर समेत कीर्ते गरी जग्गा विक्री गर्न लाग्दा उनीहरू फसेका थिए ।

हल्ला खल्ला भएपछि उनीहरूलाइ प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएकाे थियाे । त्यसपछि मात्र पहिल्यै कीर्ते गरी ४४ राेपनी जग्गा कीर्ते गरी विक्री गरीएकाे खुलेकाे थियाे ।

प्रनाउ ढकालका अनुसार बेसीशहर नगरपाकालिका– ४ का वडाध्यक्ष लालवीर गुरूङको उजुरीले नेपाल सरकार बादी हुने गरी अदालतमा मुद्दा दायर गरिएकोमा अदालतले उनीहरूलाइ पुर्पक्षका लागि थुनामा पढाएकाे हाे ।

गाउँलेहरूका अनुसार जग्गाधनी मनमायाका छाेरा र श्रीमान छैनन् । छोरीहरू पनि सबैको विवाह भइसकेको छ । गाउँमै विवाह गरेर हजुर आमाको समेत रेखदेख गर्दै आएकी हरिमाया गुरुङले किराना पसल समेत सञ्चालन गरेकी थिइन् । उनकै पसलका लागि ऋण निकाल्न जग्गा धिताे राख्न मनमाया राजी भएकी थिइन तर उनलाइ झुक्याएर जग्गा नै बेचविखन गरीएकाे हाे ।

स्थानीय बासीन्दा तथा  नेपाली काँग्रेस क्षेत्र नं– २ का सभापति समेत रहेका मनमायाका भतिजा बृषराज गुरूङले भने– ’बैँकमा धितो राखेर ऋण लिनका लागि मञ्जुरीनामामा ठूलीआमाले ल्याप्चे लगाई दिनु भएको रहेछ, तर उनीहरूले ३२ रोपनी जग्गा विक्री गर्दै गरेको सुइको पाएपछि रोक्न सफल भइयो । पछि बुझ्दै जाँदा त पहिल्यै ४४ रोपनी जग्गा कीर्ते गरी बेची सकेका रहेछन् ।’


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *