मनाङमा ठूलाे हिमपात, दशकयताकै बाक्लाे हिउँ पर्याे

बेसीशहर माध १६ ।

बर्षाैंपछि मनाङमा ठूलाे हिमपात भयाे । अझै केही ठाउँमा हिउँ परीरहेकाे छ, राेकिएकाे छैन । मनाङीहरूले विगत एक दशकयता यस्ताे बाक्लाे हिउँ परेकाे देखेका थिएनन् । मनाङकाे तिमाङसम्म हिउँ पर्ने गरे पनि याे बर्ष त धारापानीमै हिउँ परेपछि स्थानीय पनि दंग छन् । सदरमुकाम चामेमै ३–४ फिट बाक्लाे हिउँ जम्याे ।

एक सातासम्म लगातारको हिमपातले मनाङकाे जनजीवन अस्तब्यस्त त भयाे नै, घर, अाँगन, बारी, बाटाे, सडक, जतासुकै हिउँ जमेपछि जनजीवन निकै प्रभावित भयाे । अधिकांश मनाङीहरू जाडाे छल्न तल झरे पनि गाउँमै रहेका केटाकेटी, बृद्धबृद्धालाइ निकै सास्ती भएकाे छ । अागाे तापेर घरभित्रै बस्नुकाे विकल्प छैन ।

हिमपात का कारण अवरुद्ध बनेको मनाङको सडक खुलाउन अहिले सेना, सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । सडकमा बाक्लो हिउँ जमेको र नपग्लेका कारण हिउँ पन्छाउनका सुरक्षाकर्मी खटाइएको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले जानकारी दिए । जिल्ला सुरक्षा समितिको बैठक बसी यातायात सुचारू गर्न र स्थानीयलाइ समेत हिँडडुल गर्न सजिलाे हाेस् भनि सुरक्षाकर्मी परीचालन गरीएकाे उनले बताए ।

हिमपातका कारण मनाङको बगरछापदेखि खाँङसारसम्मकाे सडक अवरुद्ध भएको छ । हिजाेबाट माैसम केही सफा भए पनि हिउँ पग्लन नसकेकाले हिउँ पन्छाउने काममा अझै केही दिन लाग्न सक्ने उनकाे भनाइ छ । कतिपय ठाउँमा फेरी हिउँ परीरहेकाे छ ।

हिमपातपछि मनाङकाे विद्युत अबरूद्ध छ । सञ्चारका साधन पनि चलेका छैनन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *