बेसीशहरमा सरकार बिराेधी प्रदर्शन, कांग्रेसका कार्यकर्ता सडकमा

बेसीशहर, २१ माघ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बर्तमान सरकारका काम कारबाहीकाे विराेधमा सदरमुकाम बेसीशहरमा अाज ठूलाे जुलुस निकालकाे छ । दुइ तिहाइकाे दम्भ लिएर सरकार निरंकुशतातर्फ अघि बढेकाे, मुलकमा भ्रष्टाचार बढेकाे, बलत्कारका घटनाकाे दाेषीलाइ संरक्षणा गरेकाे, अधिनायकवादी चरित्र देखाएको भन्दै त्यसविरुद्ध आन्दोलनको आह्वान गर्दै कांग्रेसले देशब्यापी रूपमा देशका सबै जिल्लामा र्‍यालीसहित विरोध प्रदर्शन गरेकाे हाे

पार्टीकाे केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार बेसीशहरमा प्रदर्शन गरिएको विराेध प्रदर्शनमा कांग्रेस कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नाराबाजी लगाउँदै प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका थिए । उनीहरुले वाइडबडी विमान खरिदमा घोटाला गरेको, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गरेको, निर्मला पन्तको हत्यारालाई अझै पत्ता लगाउन नसकेकोलगायतका जनविरोधी काम गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए ।

बेसीशहरकाे मनाङे चाैताराबाट शुरू भएकाे विराेध जुलुस शेरा चाेकमा पुगी काेणा सभामा परिणत भएकाे थियाे । कोण सभामा बोल्दै कांग्रेस नेताहरुले सरकारविरुद्ध आन्दोलनमा होमिन जनतालाई आह्वान गरेका थिए । कांग्रेस जिल्ला सभापति भेषबहादुर पाैडेल, नेताहरू रामबहादुर गुरूङ, शंकरकान्त जाेशी, कृष्णप्रसाद काेइराला लगायतले नेकपा नेतृत्वकाे बर्तमान सरकारले गैरजिम्मेवार बन्दै गएकाे भन्दै कांग्रेस प्रतिपक्षमा रहे पनि जिम्मेवार र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको तर कमजाेर नभएकाे दावी गरेका थिए ।

काेणा सभामा नेताहरूले कांग्रेसले राणा शासन ढालेको, बहुदल ल्याउने तथा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र संविधान बनाउन नेतृत्व लिएको भन्दै यस्तै रवैया रहे सरकार ढाल्ने चेतावनी समेत दिएका थिए ।

विरोध प्रर्दशनमा जिल्लाका विभिन्न स्थानबाट ठूलाे संख्यामा कांग्रेसले कार्यकर्ताहरु सदरमुकाममा उतारेकाे थियाे ।

 


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *