चण्डीस्थानका बालकहरूलाइ अमेरिकाबाट सहयाेग

बेसीशहर, माघ २३ गते ।

आफ्ना सबै अभिभावक गुमाएका वेसिशहर ७ चण्डिस्थानका ३ दाजुभाईलाइ अमेरीकामा राेजगारी गर्दै अाएका झापाका सुरेन्द्र रिमालले सहयाेग रकम पठाएका छन् ।

चण्डीस्थानका विवेक रिमाल र अभिषेक रिमाललाई झापा घर भै अमेरिका बस्दै अाएका राज घिमिरे दम्पतिले गत बर्ष देखि अध्ययन ख़र्च छात्रवृत्ति सहयोग गर्दै अाएकामा यस बर्षको लागि ३ भाईलाई रु ७५ हजार रुपैयां सहयाेग पठाएका हुन् ।

स्थानीय पत्रकार दीपक अधिकारीले गत बर्ष ती बालकहरूकाे समाचार लेखेकामा सर्वाेदय सेवाश्रम लमजुङका अध्यक्ष कृष्ण अाेलियाले साे समाचार सामाजिक सञ्जालमा शेयर गरेपछि ती बालकहरूलाइ घिमिरे दम्पतीले पढाइ खर्च पठाउन थालेका हुन् ।

हाल घिमिरेले अमेरीकाबाट सर्वाेदय मार्फत पठाएकाे रकम को चेक प्रमुख जिल्ला अधिकारि झंकनाथ ढकालले बालकहरूलाइ हस्तान्तरणा गरेका छन् ।

 गोरखा आंपपिपल घर भै अमेरिका बसोबास गर्ने डा .वाल शर्मा मार्फत राज घिमिरेले ती बालकहरूबारे जानकारि पाएका हुन् । त्यस पश्चात उनीहरूले सर्वोदय सेवास्रम मार्फत सहयाेग रकम उपलव्ध गराउन थालेका सर्वाेदयका अध्यक्ष अाेलियाले जानकारी दिए । ती बालकहरू वेसिशहर स्थित चन्द्र सुर्य अंग्रेज़ी बोर्डिड स्कुलमा क्रमश कक्षा ७ , ६ र ४ मा अध्ययन गरिरहेका छन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *