प्रगतिशील लेखक संघमा नयाँ नेतृत्व

बेसीशहर, माघ २१
प्रगतिशील लेखक संघ लमजुङमा नयाँ नेतृत्व आएको छ । संघको हालै सम्पन्न दोस्रो जिल्ला अधिवेशनले वसन्त अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कृष्णकुमारी रिमाल, सचिवमा संगीता खत्री, कोषाध्यक्षमा रघुनाथ घिमिरे चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कमला केसी, वेनबहादुर सुयल, स्थिर घिमिरे, प्रेमबहादुर भट्टराई, तीर्थ गुरुङ, काजीराम बस्नेत, सम्झना चिलुवाल, शोभा थापा र मनुराम गुरुङ चयन भएका छन् ।
केन्द्रीय उपाध्यक्ष कृष्णराम अधिकारीको विशेष उपस्थिति र अध्यक्ष कमला केसीको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *