हिउँ परेपछि लमजुङका विभिन्न डाँडाहरू सेताम्य, घलेगाउँमा पर्यटककाे घुइचाे

बेसीशहर, २६ माघ ।

लमजुङका विभिन्न पहाडी क्षेत्रमा शुक्रबारराति देखि हिउँ परेकाे छ ।

रातीदेखि परेकाे बर्षाका कारणा उच्च पहाडी क्षेत्रहरूमा हिउँ परेकाे हाे । घनपाेखरा, सिउरूङ, घलगाउँ, इलमपाेखरी, दूधपाेखरी घाम्राङ लगायतका स्थानमा शनिबार बाक्लै हिँउ परेकाे हाे ।

पश्चिमी वायुका कारण परेकाे बर्षापछि सदरमुकाम बेसीशहर वरपरका डाँडाहरूमा पनि हिँउ परेकाे छ । हर्सिङ डाँडा, साँधु तथा पाङग्रेक्यु माथिकाे डाँडासम्म सेताम्य हिउँ पर्दा सदरमुकाम बेसिशहर नै रमाइलाे देखिएकाे छ ।

लमजुङमा झण्डै १५ बर्षपछि यतिधेरै हिउँ परेकाे हाे । सार्क राष्ट्रकाे नमुना घलेगाउँमा हिउँ परेपछि अान्तरीक पर्यटककाे घुइँचाे लागेकाे छ । घलेगाउँमा बेसीशहर लगायतका स्थानबाट हिउँ खेल्न पुगेका अान्तरीक पर्यटकले अाज शनिबारकाे दिन नथाकुन्जेल हिउँ खेलेर रमाइलाे गरे ।

शुक्रबार नै पानी पर्ने संकेत देखेर बेलुका हतार हतार घलेगाउँ हान्निएका बेसीशहरका विकास दनाइ शनिबार मज्जाले हिउँ खेल्न पाउँदा कम्ती रमाएनन् । अाफ्ना साथीहरूका साथ शुक्रबार त्यहाँ पुगेका उनी शनिबार जाडाेले बाहिर निस्कनै सकेनन् । हिउँ परेकाले घलेगाउँमा जाडाे पनि निक्कै बढेकाे थियाे । हिमालकाे दृष्यावलाेकनका लागि घलेगाउँ पुग्ने गरेका उनी यसपाली गाउँमै मज्जाले हिउँ परेकाे देख्न पाउँदा निकै खुशी भए । अर्का उनका साथी शरद बराल पनि हिउँमा खेलेर निकै रमाए ।

घलेगाउँमा हिँउ परेकाे सुनेपछि शनिबार त्यहाँ पुग्नेहरूकाे निकै घुइँचाे लाग्याे। बेसीशहरस्थित सामुदायिक अस्पतालका स्टाेरकिपर अमृत चिलुवाल घलेगाउँ पुगेर हिँउमा मस्ती गर्न पाउँदा निकै रमाए । अाफ्नाे परिवारसहित त्यहाँ पुगेका उनलाइ याे यात्रा अविस्मरणीय बन्याे ।

घलेगाउँकाे उचाइ २ हजार १ सय मीटर छ । याे भन्दा बढी उचाइकाे घनपाेखरामा यहाँ भन्दा पनि बाक्लाे हिँउ परेकाे छ । यस्तै अग्ला शनिबार डाँडाकाँडा हिउँले सेताम्ये भए। सधैं हिउँ खेल्न मकवानपुरकाे दामन तथा सिमभञ्ज्याङ र मनाङ पुग्ने गरेका लमजुङबासी अाफ्नै गाउँ ठाउँमा हिँउ पर्दा दंग पर्दै रमाएका छन् ।

उता घाम्राङमा २० बर्षपछि हिउँ परेकाे क्ह्वाेलासाैंथर गाउँपालिका वडा नंं ८ का अध्यक्ष राजु गुरूङले जानकारी दिए ।

 


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *