बेसीशहरको नगरसभा फागुन १६ गते, घर अभिलेखिकरण असार मसान्तसम्म थप

कृष्ण के.सी.
बेसीशहर, फागुन ६ गते ।

बेसीशहर नगरपालिकाको चौथो नगरसभा आगामी फागुन १६ गते विहिबार हुने भएको छ । बेसीशहर नगर कार्यपालिकाको बेसीशहरमा बसेको बैठकले चौथो नगरसभा आगामी फागुन १६ गते विहिबार जिल्ला समन्वय समितिको सभाहलमा गर्ने निर्णय गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ मा व्यवस्था भए वमोजिम बेसीशहर नगरपालिकाको चौथो नगरसभा आयोजना गरिएको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताउनु भयो ।
नगरसभा बर्षको २ पटक गर्ने प्रावधान अनुसार कतिपय नितीगत निर्णय गर्न, बनेका ऐनहरु पारित गर्न र योजनाहरुमा खर्च हुन नसकेका रकम रकामान्तर समेत नगरसभाले गर्दछ ।
बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा बसेको बैठकले एकघर एकधारा कार्यक्रमका लागि ५० लाख बिनियोजित गरेको छ । त्यस्तै समानीकरण अनुदानबाट विनियोजित समानीकरण अनुदानबाट विनियोजित १५ लाख रुपैया सहजी खेल मैदान सुधार विस्तारको लागि आवश्यक पर्ने जग्गा खरीद कार्यमा खर्च गर्ने बैठकले निर्णय गर्नुको साथै उक्त रकमलाई आन्तरिक आयबाट व्यहोर्ने निर्णय गरेको छ ।
बैठकले बेसीशहरस्थित फूलबारी मंच व्यवस्थापनका लागि ९ लाख, वडा नम्बर १० स्थित कुप्लिङ बहुउद्देश्यीय सामुदायिक भवन निर्माणका लागि ३ लाख, वडा नम्बर ७, ८ र ९ को ढल निकास सम्बन्धि अध्ययन गर्न ३ लाख बजेट छुट्टाएको छ ।
बेठकले बेसीशहर नगरपालिकाबाट घर निर्माण स्वीकृत नलिई बनेका घरहरुको घर अभिलेखीकरणको म्याद यहि माघ २० मा सकिएको घर अभिलेखीकरण कार्यको म्याद २०७६ असार मसान्त सम्म थप गर्ने निर्णय गरेको छ ।
नगर कार्यपालिकाको बैठकले बेसीशहर नगरपालिकाको हालै तयार भएको पर्यटन र शिक्षातर्फका रणनीतिक योजनाहरुलाई अध्ययन गरी अन्तिम रुप दिनका लागि ५ सदस्यसीय समिति गठन गरेको छ । समितिमा प्रेम भट्टराई, बेन बहादुर सुयँल, रामकुमार श्रेष्ठ, दूध प्रसाद घले र निमानन्द रिजाल रहनु भएको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *