स्थानीय तहसंग बीमा समितिद्धारा अन्तरक्रिया

बेलिना थापा

बेसीशहर, फागुन ५ गते

बीमा समिति कुपण्डोल ललितपुरले लमजुङको बेंसीसहर नगरपालिकासंग अन्तरक्रिया गरेको छ ।

आइतबार एक कार्यक्रमको आयोजना गरी उक्त अन्तरक्रिया गरिएको हो । बीमा समितिका अध्यक्ष अध्यक्ष चिरन्जीवी चापागाइँको अध्यक्षतामा भएको कार्यक्रममा बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालको प्रमुख आथित्य रहेको थियो । समितिका कार्यरी निर्देशक राजुरमण पौडेलले स्वागत गर्दै कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा अध्यक्ष चापागाइँले नेपालको वित्तिय प्रणाली, नेपाली वित्तीय प्रणालीको रुपरेखा, बीमा समिति, बीमक बीमा उपकरण, नेपालमा बीमा व्यवसायको स्थिति, बीमा क्षेत्रका समस्याहरुको बारेमा जानकारी गराउुभएको थियो । उहाँले नेपाली बिमा बजारको बारेमा जानकारी गराउनुका साथै न्यून आय भएका वर्गमा बीमाको पहुँच वृद्घि गर्ने, नेपाल सरकारको वित्तीय क्षेत्र सुधार रणनीति अन्र्तगत गाँउ गाँउसम्म बीमाको पहुँच वृद्घि गर्ने र कृषि तथा पशुपंक्षी वीमाको दायरा बढाई मुलुकको गार्हस्थ उत्पादनमा वृद्घि गर्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

नेपालमा बीमा गर्नेको संख्या न्यून रहेकाले न्यून आय बर्गमा समेत बीमामा पहुँच पु¥याउन स्थानीय तहसंग अन्तरक्रिया गर्दै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार नेपालमा बीमा क्षेत्रको दायरा पुगेको जनसंख्या १७ प्रतिशत मात्र छ । कुल गार्हस्थ उत्पादनमा बीमा प्रिमियम २ दशमलव ५ प्रतिशत रहको छ । कार्यक्रममा प्रमुख अथिति बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बीमा एउटा महत्वपूर्ण आधार भएकाले बीमाले पेशा व्यवसायमा थप सहयोग गर्ने र निर्णय लिन सहज बनाउने उहाँले बताउनुभयो । कृषिमा आत्मनिर्भर बनाउका लागि सिंचाई, आधुनिक बीउ, औजारका साथै बीमाको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने भएकाले हरेक स्थानीय तहले बीमा कार्यक्रमलाई चासो दिनुपर्ने उहाँले बताउनुभयो । नगरपालिकाले बीमाको लागि बजेट छुट्याएर काम अघि बढाउने तयारी गरेको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले दुर्गम ठाउँमा बीमाको बारेमा जानकारी तथा जनचेतना नहुँदा किसानले ठूलो जोखिम मोल्न बाध्य भएको बताउनुभयो । स्थानीय सरकारमार्फत किसानसम्म बीमाको पहुँच पु¥याउन आवश्यक रहेको उहाँले बताउनुभयो । समृद्धिका लाथि बीमा आवश्यक रहकाले कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर बीमालाई प्रभावकारी बनाउनुपन उहाँले बताउनुभयो ।

बीमा समितिका अनुसार नेपालमा ४० वटा बीमा कम्पनी छन् । १९ वटा जीवन बीमातर्फ र २० वटा निर्जीवन बीमा कम्पनी रहेका छन् । दुईटा पुर्नबीमा कम्पनी रहेको छ । कार्यक्रममा सहभागिले बीमाको बारेमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताएका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न बीमा कम्पनीका कर्मचारीको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बेंसीसहर शाखा प्रमुख राजु गुरुङले गर्नुभएको थियो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *