अमेरिकामा लमजुङका घलेकाे गाेली हानी हत्या

बेसीशहर, फागुन ११।

अमेरिकाकाे केन्टकीको एलिजाबेथ टाउनमा गत बिहीबार एक नेपालीको हत्या भएकाे छ ।

गैर आवासीय नेपाली सङ्घ अमेरिका केन्टकी च्याप्टरका सल्लाहकार संयोजक शशिचन्द्र अधिकारीलाइ उद्धृत गर्दै पत्रकार विष्णुहरि घिमिरेले दिएकाे जानकारी अनुसार अनुसार मृतक नेपाली नागरिक सुभाष घले हुन् । उनी लमजुङकाे गिलुङ निवासी हुन् ।

एक सन्काह अमेरिकी युवाले घले र अर्का नेपाली प्रयास बानियाँमाथि गोली प्रहार गरेका हुन । यस अघि उनले एक महिलालाइ गाेली हानी घाइते बनाएका थिए ।  तिनै घाइते महिलाले प्रहरीलाइ खबर गरेपछि उनी नियन्त्रणामा अाएका थिए । नियन्त्रणमा आउनु अघि प्रहरीसँग केही बेर झडप गरेका ती व्यक्ति नै घटनामा संलग्न भएको प्रहरीले आशङ्का गरे पनि अनुसन्धान जारी रहेको जनाएको छ ।

बिहीबार राती गोली प्रहारबाट हत्या भएका  ४० वर्षीया सुभाष घले नेपालको लमजुङ गिलुङका हुन । केही महिना अधि मात्र नेपाल पुगेर फर्किएका उनी यही वैशाखमा बिहे गर्ने गरी  पुन नेपाल फर्कने तयारी समेत गरिरहेका थिए ।

गाेली लागि घाइते भएका बानियाँ बनेपाका हुन । ३५ वर्षीया बानियाँ झन्डै १० वर्ष देखि केन्टकी बस्दै आएका छन् । गम्भीर घाइते बानियाँको अहिले नजिकैको लुवेल अस्पतालमा उपचार भइरहेको छ ।

घलेका हत्यारामाथि कारबाही र पीडितलाई क्षतिपूर्तिको लागि प्रवासी नेपाली मञ्च अमेरिकाले आव्हान गरेको छ । मञ्चले विज्ञप्ति जारी गर्दै केन्टुकी राज्यमा रहेका मञ्चका सदस्य तथा एनआरएनएसँग समन्वय गर्न समेत सो स्थानमा रहेका नेपाली समुदायसँग अपिल गरेको छ । मञ्चले गाली प्रहारबाट मृत्यु भएका सुभाष घलेप्रति हर्दिक श्रद्धान्जली व्यक्त गर्दै घाइते अवस्थामा उपचाररत प्रयास बानियाँको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

यस दुखद घटनाका विषयमा अमेरिका स्थित नेपाली दूतावास बेखबर छ । शनिवार बिहान  अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुन कुमार कार्कीले घटनाबारे आफूलाई केही जानकारी नभएको जानकारी दिएका पत्रकार घिमिरेले बताएका छन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *