गण्डकी प्रदेशस्तरीय लमजुङ महोत्सवको तयारी तीब्र

बेसीशहर, फागुन १३ गते ।
लमजुङमा यही फागुन १७ गतेदेखि शुरु हुने गण्डकी प्रदेशस्तरीय लमजुङ महोत्सवको तयारी तीब्र पारिएको छ ।
लमजुङ उद्योग बाणिज्य संघको आयोजनामा छैटौं पटक लमजुङ महोत्सवको आयोजना गरेको हा ।

गर्न लागेको हो। संघको आयोजनामा फागुन १७ गतेदेखि २६ गतेसम्म बेंसीसहर नगरपालिका(८ दनाईफाँटमा महोत्सव सञ्चालन हुने छ।

’स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन, नागरिक समृद्धिका लागि लगानी मैत्री वातावरण’ भन्ने नारा दिएर संघले बेसीशहर नगरपालिकाको वडा नं. ८ दनाइफाँटमा महोत्सव आयोजना गरिएको छ ।

लमजुङको उद्योग, ब्यापार, पर्यटन, कृषि र जलविद्युतको विकास गरी जिल्लाको आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्यले गण्डकी प्रदेशस्तरीय महोत्सव आयोजना गरिएको महोत्सवका संयोजक राजेश थापाले बताए । यसपटकको महोत्सव महोत्सवमा मात्र सिमित नराखी महोत्सवबाट जिल्लामा उद्यमी उत्पादन गर्ने लक्ष्य पनि राखिएको थापाले बताए ।्
“लमजुङमा उद्यमीहरु उत्पादन गर्ने र साना तथा मझौला उद्योगहरु स्थापना गरी जिल्लालाई समृद्धिको दिसामा लैजाने हाम्रो उद्देश्य हो ।” थापाले भने ।

परम्परागत कला संस्कृतिको जगेर्ना, व्यवसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण तथा व्यापार व्यवसायको प्रवद्र्धनका लागि संघले विगतदेखि नै काम गर्दै आएकोमा महोत्सवको आयोजना पछि यिनको प्रवद्र्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको पत्रकार सम्मेलनको आयोजना गरी संयोजक थापाले बताए ।

महाेत्सवबारे जानकारी दिन अाइतबार बेसीशहरमा अायाेजना गरिएकाे पत्रकार सम्मेलनमा अायाेजक र सञ्चारकर्मीहरू । तस्वीर लमजुङमनाङ डटकम

महोत्सवलाई सफल बनाउनका लागि विभिन्न उपसमितिहरुको गठन गरि दु्रत ढंगले काम अगाडि बढाइएको उनले जानकारी दिए ।
महोत्सवमार्फत जिल्लाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरी तिनको प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य राखिएको छ । महोत्सवकै माध्यमले जिल्लामा व्यवसायिक कृषि, पशुपालन र जडिबुटीको प्रवद्र्धन गरी आर्थिक समृद्धिको दिसामा अघि बढ्ने सोच संघको छ । संघका अध्यक्ष समेत रहेका संयोजक थापाले जिल्लामा प्रचुर सम्भावना रहेका अल्लो, अलैंची, चिया, कफी, सुन्तला र मह जस्ता कृषि उत्पादनको प्रवद्र्धन गरिने छ ।
त्यस्तै महोत्सवमा परम्परागत खाना महोत्सव संचालन गरी लमजुङको अर्गानिक स्वाद पाहुनाहरुलाई चखाउनुका साथै जिल्लाका विभिन्न होमस्टेको प्रवद्र्धनका लागि प्याकेज बनाइएको छ ।

विगतका महोत्सवजस्तै यस महोत्सवमा २ सय ५० वटा ब्यापारिक स्टल राखिने छ । महोत्सवस्थलमा होटल तथा रेष्टुरेण्टका लागि १० वटा स्टल छुट्याइएको छ । कृषि तथा घरेलु सामग्रीका लागि ४० वटा स्टल छुट्याइएको छ । बाँकी स्टलहरु ब्यापारिक प्रयोजनका लागि राखिएको छ । थापाले सबै स्टल विक्री भइसकेको पनि जानकारी दिए ।
संघका महासचिव कृष्णजंग गुरुङले महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । १० दिनसम्म चल्ने महोत्सवमा २० करोडको कारोबार हुने अनुमान गरिएको बताए । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने बताइएको छ ।
त्यस्तै विभिन्न जात जातिको संस्कृति तथा जातीय संग्राहलय, लोक दोहोरी गीत, नाटक, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, राष्ट्रकवि माधव घिमिरेको जन्म सताब्दीको अवसरमा कविता प्रतियोगिता, गृहिणी नृत्य प्रतियोगिता, कृषि तथा पुष्प प्रदर्शनी, स्थानीय खाना उत्सव, रमाइलो मेला महोत्सवका थप आकर्षण रहने छन् ।
महोत्सवको टिकटबाट संकलन हुने रकमको केही हिस्सा सामाजिक क्षेत्रमा खर्च गरिने पनि संघले जनाएको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *