लमजुङ महाेत्सब शुरू, गणडकीलाइ समृद्ध प्रदेश बनाउन सकिन्छः मुख्यमन्त्री गुरूङ

बेसीशहर, १९ फागुन ।
गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको समृद्धिको खाका तयार भएको भन्दै अर्को बर्षदेखि समृद्धिको दिसामा देखिने गरी काम गरिने बताएका छन् ।
लमजुङ सदरमुकाम बेसीशहरमा आजबाट शुरु भएको छैटौं लमजुङ महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले शुन्य स्थितिबाट काम गर्नु परेकाले प्रदेश सरकारले कामै गरेन भन्ने लाग्नु स्वभाविक भएको भन्दै उनले पर्यटन, जलश्रोत, ब्यवसायिक कृषिको माध्यमले गण्डकी प्रदेशलाई समृद्ध बनाउन सकिने र यसका लागि सरकारले काम अघि बढाइसकेको जानकारी दिए ।
प्रदेश सरकारले हाल पूर्वाधार विकासका लागि सरकारको ४० प्रतिशत बजेट खर्च गर्न लागिएको उनले जानकारी दिए ।
गण्डकी प्रदेशको समृद्धिको लागि यसै बर्ष लगानी सम्मेलन गर्न लागेको बताउँदै उनले तनहूँको डुमे्रदेखि मनाङको थोंचेसम्मको सडक १० मिटरको बनाउनुपर्नेमा जोड दिए । लार्के पास हुँदै नेपाल र तिब्बत जोड्ने सडकको सम्भाब्यता अध्ययन गर्न लागिएको जानकारी दिँदै उनले उक्त सडक बनेको खण्डमा लमजुङको मात्र नभै समग्र गण्डकी प्रदेशको मुहार फेर्न सकिने दावी गरे ।
गुरुङले जलश्रोतमा गण्डकी प्रदेशले ५० प्रतिशत योगदान दिइरहेको भए पनि रोयल्टी भने जम्मा ९ प्रतिशत मात्र पाएको भन्दै गुनासो गरे ।
मुख्यमन्त्रीले गण्डकी प्रदेशमा सुविधा सम्पन्न अस्पताल निर्माण गर्न प्रदेश सरकार लागि परेको जानकारी दिए । क्यान्सर, मुटु जस्ता जटिल रोगको उपचार हुने एउटा पनि अस्पताल गण्डकी प्रदेशमा नभएको भन्दै उनले सुविधासम्पन्न डाइग्नोसिक सेन्टर खोल्न प्रदेश सरकार लागि परेको बताए ।
हिजो राजनीतिक अस्थिरता, संविधान लगायत अनेकौं बाहनामा देश विकास हुन नसकेकोमा अब त्यसो भनेर सरकार उम्कन नसक्ने र समृद्धि ल्याउनै पर्ने बाध्यात्मक अवस्था भएकाले पनि देशमा समृद्धि आउने उनको भनाइ थियो ।
गुरुङले योजना बनाउने, कार्यान्वयन गर्ने संगै योजनामा हुने ढिलासुस्ती र भ्रष्टाचार हटाउन अनुगमन र निरीक्षणलाई चुस्त पारिने बताए । उनले प्रदेश सरकारले अबको योजनाहरु महिलामैत्री बनाउने पनि जानकारी दिए । बंगलादेश लगायतका देशको उदाहरण दिँदै मुख्यमन्त्रीले महिलाहरुलाई उद्यमी बनाए मात्रै समृद्धि ल्याउन सकिने धारणा राखे ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले लमजुङको अपार जलश्रोत, पर्यटन, कृषि, जडिबुटीको माध्यमले लमजुङलाई समृद्ध बनाउन सकिने र यसका लागि नीजि क्षेत्रलाई साथमा लिएर अघि बढ्न स्थानीय, प्रदेश तथा संघीय सरकारलाई आग्रह गरे ।
महोत्सवको उद्घाटन सत्रमा प्रदेश सांसद तथा नेकपा संसदीय दलका सचेतक मायानाथ अधिकारी, संविधानसभाका सदस्य टुका हमाल, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, नेकपा लमजुङका संयोजक कृष्ण अधिकारी, नेपाली कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेल, जिल्ला समन्वय समिति लमजुङका संयोजक लोकराज पाण्डे, बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल, मस्र्याङदी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङ लगायतका वक्ताहरुले लमजुङ महोत्सवले समग्र लमजुङको समृद्धि, उद्योग धन्दाको विकास तथा औद्योगिक लगानीको वातावरण बनाउन मद्दत पुग्ने विश्वास ब्यक्त गरेका थिए ।
लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको थियो ।
महोत्सव उद्घाटन पूर्व विभिन्न जातजाती, भाषा, धर्म, संस्कृति झल्कने सांस्कृतिक झाँकी सहितको ¥यालीले बेसीशहर बजार परिक्रमा गरेको थियो ।

सबै तस्वीरहरूः मिलन शर्मा दनाइ/लमजुङ मनाङ डटकम

लमजुङकाे उद्योग, ब्यापार, पर्यटन, कृषि र जलविद्युतको विकास गरी जिल्लाको आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्यले गण्डकी प्रदेशस्तरीय महोत्सव आयोजना गरिएको महोत्सवका संयोजक राजेश थापाले बताए । यसपटकको महोत्सव महोत्सवमा मात्र सिमित नराखी महोत्सवबाट जिल्लामा उद्यमी उत्पादन गर्ने लक्ष्य पनि राखिएको थापाले बताए ।्
“लमजुङमा उद्यमीहरु उत्पादन गर्ने र साना तथा मझौला उद्योगहरु स्थापना गरी जिल्लालाई समृद्धिको दिसामा लैजाने हाम्रो उद्देश्य हो ।” थापाले भने ।

परम्परागत कला संस्कृतिको जगेर्ना, व्यवसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण तथा व्यापार व्यवसायको प्रवद्र्धनका लागि संघले विगतदेखि नै काम गर्दै आएकोमा महोत्सवको आयोजना पछि यिनको प्रवद्र्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको पत्रकार सम्मेलनको आयोजना गरी संयोजक थापाले बताए ।

महोत्सवलाई सफल बनाउनका लागि विभिन्न उपसमितिहरुको गठन गरि दु्रत ढंगले काम अगाडि बढाइएको उनले जानकारी दिए ।
महोत्सवमार्फत जिल्लाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरी तिनको प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य राखिएको छ । महोत्सवकै माध्यमले जिल्लामा व्यवसायिक कृषि, पशुपालन र जडिबुटीको प्रवद्र्धन गरी आर्थिक समृद्धिको दिसामा अघि बढ्ने सोच संघको छ । संघका अध्यक्ष समेत रहेका संयोजक थापाले जिल्लामा प्रचुर सम्भावना रहेका अल्लो, अलैंची, चिया, कफी, सुन्तला र मह जस्ता कृषि उत्पादनको प्रवद्र्धन गरिने छ ।
त्यस्तै महोत्सवमा परम्परागत खाना महोत्सव संचालन गरी लमजुङको अर्गानिक स्वाद पाहुनाहरुलाई चखाउनुका साथै जिल्लाका विभिन्न होमस्टेको प्रवद्र्धनका लागि प्याकेज बनाइएको छ ।

विगतका महोत्सवजस्तै यस महोत्सवमा २ सय ५० वटा ब्यापारिक स्टल राखिने छ । महोत्सवस्थलमा होटल तथा रेष्टुरेण्टका लागि १० वटा स्टल छुट्याइएको छ । कृषि तथा घरेलु सामग्रीका लागि ४० वटा स्टल छुट्याइएको छ । बाँकी स्टलहरु ब्यापारिक प्रयोजनका लागि राखिएको छ । थापाले सबै स्टल विक्री भइसकेको पनि जानकारी दिए ।
संघका महासचिव कृष्णजंग गुरुङले महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । १० दिनसम्म चल्ने महोत्सवमा २० करोडको कारोबार हुने अनुमान गरिएको बताए । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने बताइएको छ ।
त्यस्तै विभिन्न जात जातिको संस्कृति तथा जातीय संग्राहलय, लोक दोहोरी गीत, नाटक, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, राष्ट्रकवि माधव घिमिरेको जन्म सताब्दीको अवसरमा कविता प्रतियोगिता, गृहिणी नृत्य प्रतियोगिता, कृषि तथा पुष्प प्रदर्शनी, स्थानीय खाना उत्सव, रमाइलो मेला महोत्सवका थप आकर्षण रहने छन् ।

महोत्सव फागुन २९ सम्म चल्ने छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *