छैटाैं लमजुङ महोत्सवको विशेषअाकर्षण बने जनजातीका घर

शान्ता कमली
बेसीशहर, २५ फागुन ।

बेसीशहरमा जारी गण्डकी प्रदेशस्तरिय छैटौँ लमजुङ महोसवको बिशेष आकर्षणमा विभिन्न जातजातिहरुको परम्परागत घर बनेको छ । महोत्सवमार्फत जिल्लाभित्र रहेका विभिन्न जातजातिहरुको कला संस्कृतिलाई उजागर गर्ने उद्धेश्यले उक्त घरहरुको निर्माण गरिएको हो ।


जिल्लाभित्र बसोबास गर्ने नेवार, मगर, तामाङ, यल्मो समाज, गुरुङ ,चेपाङ ,भुजेल लगायत विभिन्न जातजातिको कला संस्कृति, खानपानलाई महोत्सवमार्फत उजागर गर्नको लागि घरहरु निर्माण गरिएको महोत्सव मुल समारोह समितीका संयोजक एवंम् आयोजक लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए । जातजातिहरुको कला संस्कृतिलाई झल्काउने उदेश्यले महोत्सवमा हामीले जातजातिको घरहरु निर्माण गरी दर्शकलाई देखाउने प्रयास गरेका छौं । उनले भने, हिजो आज गाउँ घरमा परम्परागत शैलीका घरहरु लोप भएकोले नयाँ पुस्तालाई देखाउनको लागि पनि जातजातिको घरहरु निर्माण गरिएको हो ।
महोत्सवमा खरले छाइएका अनि फरक फरक शैलीका घरहरु हेर्नको लागि दर्शकहरुको ठूलो घुइँचो लाग्ने गरेको छ । गाउँले शैलीमा निर्माण गरिएका आकर्षक घरहरुले महोत्सवमा आउने हजारौं दर्शकहरुको मन जितेको महोत्सवको विद्यालयस्तरिय प्रतियोगीता तथा साहित्य उपसमितीका संयोजक श्रीकृष्ण लामिछाने बताउँछन् । मेला हेर्न आउने अधिकांश दर्शकहरुले एकपटक खरले छाएका घरहरुमा पुगेर फोटो खिच्ने र तुरुन्तै सामाजिक सञ्जालमा राख्ने गरेका छन् । उनी भन्छन्,परम्परागत घरहरु हाम्रा सम्पती हुन् । त्यसैको प्रचारप्रसारका लागि र महोत्सवको एउटा आकर्षणको रुपमा घरहरुको निर्माण गरेको हो ।


परम्परागत घरको अवलोकन गर्न पुगेका दर्शकहरुले त्यहाँभित्र बनाइएका परिकारहरु खाने गरेको संघका महासचिव कृष्णजंग गुरुङ बताउँछन् । महोत्सव मुल आयोजक समितिले चेपाङ, तामाङ, नेवार, मगर लगायतका जातजातिहरुले आफ्नो गाउँमा पनि होमस्टे बनाएर गाउँमा पुगेका पर्यटकहरुलाई सम्मान गर्न सकियोस भन्ने उदेश्यले महोत्सव स्थलमै खानाका परिकारहरुको ब्यवस्था गरेको हो । विभिन्न जातजातिहरुले दैनिक जीवनमा प्रयोगमा आउने सामाग्री तथा आफ्नो संस्कृति झल्काउने खालका सामाग्रीहरु पनि घरमा सजाएर राखेका छन् ।
लमजुङ पर्यटकिय जिल्ला भएकाले विभिन्न जातजातिहरुको कला, संस्कृति, भाषा अनि भेषभुषाको जगेर्ना गर्नुपर्ने लमजुङ उद्योग वाणिज्य संघका महासचिव कृष्णजंग गुरुङको भनाई छ । उनले भने यि विषयहरु पर्यटनसँग जोडिएकोले परम्परागत वस्तुहरु पर्यटकलाई देखाएर जिविकोपार्जन गर्न सकिने उनको भनाई छ । ‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन ः नागरिक समृद्धिका लागि लगानी मैत्री वातावरण’ भन्ने नाराका साथ १९ गतेबाट सुरु भएको महोत्सव फागुन २९ गतेसम्म चल्नेछ । महोत्सवमा २ सय ५० वटा स्टल रहेका छन् । १० वटा होटल तथा रेष्टुरेण्ट, ४० वटा कृषि, घरेलु सामग्री सम्बन्धी स्टल र अन्य प्रकारका स्टल रहेको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *