मनाङमा हिमपहिरोमा परेर २ जनाको मृत्यु   

शान्ता कमली 
लमजुङ २६ फागुन ।
मनाङमा हिमपहिरोमा परेर २ जनाको मृत्यु  भएको छ । यहाँको ङिस्याङ गाउँपालिका अन्तरगत पर्ने ढिकुर पोखरी नजिकको क्याङली भिरमा आएको हिमपहिरोमा परेर एक विदेशी नागरिक र एक नेपाली नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्नपूर्ण पदमार्गमा आएका नेदरल्यान्डका नागरिक बोलेम भिन्सेन्ट र उनका नेपाली गाईड अजय ढकालको हिमपहिरोमा परेर मृत्यु भएको हो। उनीहरु फागुन १४ गतेबाट सम्पर्क बिहीन थिए ।
थोरङ पासका लागि माथिल्लो भेग गुम्छाङ हुँदै लेदर सम्म पुगेर फर्कने क्रममा ढिकुर पोखरी नजिकको क्याङली भिरमा आएको हिउँपहिरोमा परेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चामे मनाङका इन्स्पेकटर श्रवणकुमार बिकले बताए ।
दुवै जनाको शव पोष्टमार्टमका लागि हेलीकोप्टरबाट शनिबार काठमाडौं पठाइएको इन्स्पेकटर बिकले बताए ।  हुम्डे प्रहरी चौकि हुम्डे मनाङले माथिल्लो बेल्ड, पिसाङ, ङावोल,घ्यारु, लगायतका ठाउँमा उनीहरुको खोजी कार्य तीब्र पारेको थियो । तर उनीहरुको शव ढिकुर पोखरी नजिकको क्याङली भिरमा फेला परेको हो ।

कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *