अकला मन्दिरमा श्रीमद्भागव महापुराण शुरू

भोटेओडार, फागुन २७ गते ।

भोटेओडार– सुन्दरबजर नगरपालिका वडा नं. ८ भोटेओडारमा रहेको अकला मन्दिरमा यहि फागुन २६ गते देखी श्रमद्भागवत महापुरण धनधान्याञ्चल महायज्ञ शुरु भएको छ ।
महायज्ञको नेपाली सेनाका पुर्व प्रधान सेनापति राजेन्द्र क्षत्रीले आईतवार एक समारोहबीच उद्घाटन गरेका छन्  । मन्दिरको कलात्मक पुननिर्माण गरि धार्मिक तथा पर्यटकिय क्षेत्र बनाउने उद्देश्यले मन्दिरमा महायज्ञ शुरु गरिएको मुल समारोह समितिका संयोजक हरिप्रसाद रेग्मीले बताए ।
महायज्ञबाट करिब १ करोड आर्थिक रमक सङ्कलन गर्ने उदेश्य राखिएको छ ।
महापुराण शुरु हुनु अगावै मन्दिरको पुननिर्मणका लागि ५ लाख रमक सङकलन भएको छ । चैत ३ गतेसम्म चल्ने महायज्ञमा शिवप्रसाद सापकोटाले वाचन गरिरहेका छन् । महायज्ञ उद्घाटन पूर्व बाजा गाजाका साथ कलश यात्रा आयोजना गरिएको थियो । स्थानीय बासीन्दाले आफनो जातीय भेषभुसामा बाजा गाजा सहित कलस यात्रामा सहभागिता जनाएका थिए ।
अकला मन्दिर लमजुङका प्रमुख धार्मिकस्थल मध्ये एक हो। यहाँ दैनिक सयौं भक्तजनहरु पूजा अर्चनाका लागि पुग्छन् । धर्मिक तथा ऐतिहासिक महत्व बोकेको अकलामन्दिर २ सय ५० बर्ष पुरानो मानिन्छ । मन्दिरमा पुजा अर्चना गर्नको लागि लमजुङ तनहुँ गोर्खा कास्की धादिङ लगायत जिल्लाबाट भक्तजनहरु पुजा गर्न आउँछन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *