छन्द कविता प्रतियोगितामा पोखरेली कवि अधिकारी प्रथम

बेसीशहर, २८ फागुन । छैटौं लमजुङ महोत्सवका अवसरमा आयोजित गण्डकी प्रदेशस्तरीय छन्द कविता प्रतियोगितामा पोखरेली कवि नवराज अधिकारीले पहिलो स्थान प्राप्त गरेका छन् ।
राष्ट्रकवि माधव घिमिरेको जन्मसताब्दीको पावन अवसर पारेर महोत्सवमा प्रदेशस्तरीय छन्द कविता प्रतियोगिता अयोजना गरिएको थियो । प्रतियोगितामा “योद्धासंग” शिर्षकको कवितामा अधिकारी प्रथम भएका हुन् ।
प्रतियोगितामा तनहूँका संगम संयोगको कविता मेरो नेपालले दोस्रो स्थान प्राप्त गर्न सफल रह्यो । त्यस्तै पोखरेली कवि चन्द्रमणि अधिकारीको मुस्कान शैली शिर्षकको कविताले तृतीय स्थान प्राप्त गर्न सफल भयो ।
प्रतियोगितामा लमजुङका नविन बरालको कविता संस्कार र लक्ष्मी तिमल्सेनाको कविता चाहनाले सान्त्वना स्थान पाउन सफल भएको साहित्य तथा नृत्य उपसमितिका संयोजक श्रीकृष्ण लामिछानेले बताए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने कविहरुलाई क्रमशः १५ हजार, १० हजार, ७ हजार र ५÷५ हजार रुपैयाँ र प्रमाणपत्र पुरस्कार दिइएको थियो ।
त्यसै गरि महोत्सवकै अवसरमा आयोजना गरिएको विद्यालयस्तरीय नृत्य प्रतियोगितामा ग्लोवल भिजन बोर्डिङ स्कूल भोटेओडार प्रथम भएको छ । प्रतियोगितामा विद्या ज्योति मावि तार्कु द्वितीय, ईशानेश्वर मा.वि. भोर्लेटार तृतीय र भूपूसैनिक मा.वि बेसीशहर तथा रानीपानी ग्रीनभ्याली एकेडेमीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
विजयी विद्यालयहरुलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३÷३ हजार पुरस्कार दिइएको छ ।
महोत्सवमा गृहणी नृत्य प्रतियोगिता पनि आयोजना गरिएकोमा नतिजा आउन बाँकी रहेको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *