लिगलिग पालुङटार मेयर कपमा बेसीशहरकाे धमाकेदार प्रदर्शन

पालुङटार, फागुन २७ गते।
गोरखाको पालुङटार नगरपालिकामा शुरु भएको प्रथम लिगलिग पालुङटार मेयर कप २०७५ मा बेसीशहर नगरपालिकाले धमाकेदार प्रदर्शन गरेको छ ।
सोमबार भएको दोस्रो खेलमा बेसीशहरले पुतलीबजार नगरपालिकालाई शुन्यका विरुद्ध ५ गोल गरी विजयी भएको हो । सोमबारको पहिलो खेलमा लमजुङको राइनास नगरपालिका आयोजक पालुङटार नगरपालिकाको बी टीमसंग ६–१ को फराकिलो गोलअन्तरले पराजित भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा पालुङटर नगरपालिका बी र बाग्लुङ नगरपालिका बिच भएकोमा ४– २ गोल अन्तरले पालुङटार विजयी बनेको थियो । मंगलबारको खेल देवचुली नगरपालिका नवलपरासी र शुक्लागण्डकी नगरपालिका तनहुँ बिच, गल्याङ नगरपालिका स्याङजा र गण्डकी गाउँपालिका गोरखा बिच हुने छ । फागुन २९ गते भानु नगरपालिका तनहुँ र बारपाक सुलिकोट गाउँपालिका बिच र कुश्मा नगरपालिका पर्वत र गोरखा नगपालिका बिच हुनेछ ।
पालुङ््टारको हवाइमैदानमा सञ्चालन भइरहेको मेयर कपको फाइनल खेल चैत्र ६ गते हुनेछ । प्रतियोगितामा प्रथम हुने टीमले २ लाख ३४ हजार ५ सय ६७ रुपैयाँ र द्वितीय हुने टीमले १ लाख २३ हजार ४ सय ५६ पुरस्कार पाउने छन् ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीले१२ हजार ३ सय ४५, सर्र्वाेत्कृष्ट गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट मध्यपंक्ति, उत्कृष्ट रक्षकका लागी ९ हजार ८ सय ७६ पुरस्कारको ब्यवस्था गरिएको छ ।
प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार उद्घाटन गरेका हुन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *