विप्लव नेतृत्वकाे नेकपा माअाेवादीलाइ सरकारले प्रतिबन्ध लगायाे

काठमाडौं २८ फागुन ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा माअाेवादीलाइ सरकारले प्रतिबन्ध लगाएकाे छ । विप्लव समूहलाइ अापराधिक संगठन ठहर गर्दै
मंगलबारकाे मन्त्रीपरिषद वैठकले प्रतिबन्ध लगाएकाे हाे । विप्लव समूहले विकासका पूर्वाधारमाथि बम बिष्फाेट गराएकाे, नागरिककाे शान्ति सुरक्षामा खतरा बनेकाे ठहर गरी प्रतिवन्ध लगाइएकाे हाे ।

मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै पनि गतिविधि गर्ने नदिने गरी प्रतिबन्ध लगाएको बुझिएकाे छ ।

गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहलाइ प्रतिबन्ध लगाउने प्रस्ताव मन्त्रीपरिषदमा राखेका थिए ।  राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले प्रतिबन्ध लगाउनुकाे विकल्प नभएकाे भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका थिए ।

केही दिन अघिमात्र मुलुक विखण्डनकाे राजनीति गर्दै अाएका सिके राउतसंग अष्पस्ट सम्झाैता गरेकाे भन्दै सरकारकाे अालाेचना भइरहेका बेला विप्लव समूहमाथि प्रतिबन्ध लगाउँदा सरकारकाे थप अालाेचना भइरहेकाे छ ।

यस अघि सरकारले सांसद सोमप्रसाद पाण्डेकाे नेतृत्वमा विप्लव समूहसंग वार्ता गर्न वार्ता समिति गठन गरेकाे थियाे । तर समितिले बाेलाएकाे वार्तामा विप्लव समूह नअाएकाे भन्दै प्रतिबन्ध लगाइएकाे हाे ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *