अबरूद्ध बेंसीसहर–चामे सडक सुचारू, माथिल्लाे भेगमा अझै खुलेन

बेसीशहर, फागुन २९ गते ।

सडकमै हिउँ जमेका कारण अवरुद्ध रहँदै अाएकाे बेसीशहर चामे सडक मंगलबारदेिख सुचारू भएकाे छ । हिमालपारीकाे जिल्ला मनाङमा गत फागुन पहिलाे हप्तादेखि यातायात अबरूद्ध भएकाे थियाे । लमजुङ हुँदै मनाङलाइ जाेड्न याे सडक एकमात्र विकल्प हाे । सडक खुलेपछि मनाङीहरू खुशी भएका छन् ।

यस अघि मनाङकाे नासों गाउँपालिका ९, दानाक्यु सम्म मात्र सवारी साधन चलेका थिए । कूल ६५ मध्ये दानक्यूसम्मकाे ४४ किलोमिटर सडकमामात्रै सवारी साधन चलेकामा अब चामे भन्दा ८ किलाेमिटर माथि भ्राताङसम्म माेटर चलेकाे छ ।

सडकमा जमेकाे हिउँ पन्छाएर र तिमाङ र थान्चाेकबीचकाे स्याल्क्यु खाेलाकाे अवराेध हटाएपछि साना सवारी साधन मंगलबारदेखि सुचारू भएका मनाङका प्रमुख जिल्ला अधिकारी रूद्रनाथ देवकाेटाले जानकारी दिए ।

प्रजिअ देवकाेटाका अनुसार साे अवराेध खुलेपछि भ्राताङसम्म साना सवारी साधन सञ्चालन हुन सकेका छन् । यद्यपी ठूला सवारी साधन भने अझै पनि चामे पुग्न सक्दैनन् । स्याल्क्यु खाेलामा सडकमा खसेकाे ढूलाे ढुंगा सामान्य फुटाएर तत्कालका लागि साना सवारी सञ्चालन हुने गरी सडक खुलाइएकाे तर ठूला सवारी सञ्चालनका लागि साे ढुंगालाइ ब्लाष्ट गर्नु पर्छ । देवकाेटाले ब्लाष्टिङका लागि मंगलबारकाे जिल्ला सुरक्षा समितिकाे वैठकले डिभिजन सडक कार्यालय दमाैलीलाइ पत्राचार गरेकाे छ ।

मनाङकाे माथिल्लाे भेगमा भने अझै हिउँ जमिरहेकाले यातायात सञ्चालन हुन सकेकाे छैन । साे क्षेत्रमा यातायात सञ्चालनका लागि पहल भइरहेकाे र केही दिन यता माैसम सफा भइ घाम लाग्न थालेकाले छिटै हिउँ पग्लन विश्वास गरीएकाे छ । हिउँले बाटाेघाटाे सबै छाेपेपछि  अन्नपूर्ण पदमार्ग समेत अबरूद्ध छ ।
पर्यटकहरूलाइ हुम्डे विमानस्थलभन्दा माथि जान स्थानीय प्रशासनले राेक लगाएकाे छ । केही दिन अघि मनाङमा एक विदेशी पर्यटक र नेपाली पथप्रदर्शककाे हिउँमा पुरिएर  मृत्यु समेत भएकाे थियाे ।
हिउँ नपग्लदा पर्यटकहरू माथिल्लाे मनाङ जान पाएका छैनन् । स्थानीयबासीन्दा, कर्मचारीलाइ समेत अावत जावत गर्न समस्या परेकाे छ । कतिपय ठाउँमा एक्साभेटर प्रयाेग गरी हिउँ फालि सडक सफा गरीएकाे छ । मनाङका सांसद कर्मा घलेले हिउँ हटाउन मेसिन प्रयाेगका लागि १ लाख रूपैयाँ पैसा समेत पठाएका बुझिएकाे छ ।
हिमपातले मनाङमा सडक मात्र अबरूद्ध पारेन, टेलिफोन, मोबाइल र विद्युत सेवा समेत प्रभावित बनाएकाेमा अहिले सामान्य भएकाे छ ।

कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *