छैटाैं लमजुङ महाेत्सव सम्पन्न, दुइलाख दर्शक, झण्डै २० कराेडकाे काराेबार

बेसीसहर, फागुन २९ गते ।

गत फागुन १९ गतेदेिख बेसीशहरकाे दनाइफाँटमा सञ्चालन भइरहेकाे छैटाैं लमजुङ महाेत्सव अाज सम्पन्न भएकाे छ । ११ दिनसम्म चलेकाे महाेत्सवमा झण्डै २० कराेडकाे काराेबार भएकाे अायाेजक लमजुङ उद्याेग बाणिज्य संघले दावी गरेकाे छ ।

गण्डकी प्रदेशस्तरीय भनिएकाे महाेत्सवमा २ लाख दर्शकले अवलाेकन गरेका र टिकट विक्रीबाट मात्रै २५ लाख रूपैयाँ अाम्दानी भएकाे महाेत्सव मूल समाराेह समितिका अध्यक्ष समेत रहेकाे संघका अध्यक्षा राजेश थापाले बताए ।

महाेत्सवकाे गणडकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले उद्घाटन गरेकामा समापन भने नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले गरेका छन् । समापन समाराेहमा बाेल्दै प्रधान सेनापति थापाले नेपाली सेनाले लमजुङमा ब्यवसायीक कृषि तथा पशुपालन केन्द्रकाे स्थापना गर्न लागेकाे जानकारी दिँदै यसबाट अवकास प्राप्त सैनिक र उनीहरूका अाश्रित परिवार लाभान्वित हुने जानकारी दिए । लमजुङकाे अार्थिक समृद्धिलाइ साे केन्द्रले टेवा पुग्ने भन्दै प्रधान सेनापति थापाले सैनिक परिवार मात्रै नभइ सबै जिल्लाबासीलाइ लाभ पुग्ने बताए ।

महारथि थापाले साे केन्द्रले कृषि सम्बन्धी सीप विकासमा टेवा पुर्याउने भन्दै कृषि तथा पशुपालनकाे क्षेत्रमा नयाँ अायाम थप्ने विश्वास ब्यक्त गरे । साे केन्द्रले नयाँ  नयाँ प्रविधि भित्र्याएर कृषिकाे क्षेत्रमा क्रान्ति गर्ने उद्घाेषा गरे ।

स्थानीय उत्पादन, संस्कृति तथा पर्यटनः नागरिक समृद्धिका लागि लगानीमैत्री वातावरण भन्ने नारा तय गरिएकाे महाेत्सवले जिल्लाभित्रै उद्यमी तयार गर्ने र समग्र लमजुङकाे अार्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्य तय गरेकाे थियाे । महोत्सवमा २ सय ५० वटा ब्यापारीक स्टल राखिएको थियो। महाेत्सवले परम्परागत कला संस्कृतिकाे संरक्षण गर्दै पर्यटन, कृषि, जलश्राेतकाे क्षेत्रमा प्रबर्धनात्मक कार्य गरेकाे अायाेजकले दावी गरेका छन् ।

महाेत्सवका अवसरमा जिल्लाका विभिन्न जात जातीका संस्कृति झल्कने सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएकाे थियाे । राष्ट्रकवि माधवप्रसाद घिमिरेकाे जन्म सताब्दीकाे अवसर पारेर विशेष साहित्यिक मेलाका साथमा खुल्ला कविता प्रतियाेगिता अायाेजना गरिएकाेमा कास्कीका नवराज अधिकारीले प्रथम पुरस्कार जितेका छन् । साे अवसरमा चेतनामूलक नाटक, गृहणी नृत्य प्रतियाेगिता, विद्यालयस्तरीय नृत्य प्रतियाेगिता, विज्ञान तथा प्रविधि प्रदर्शनी, सरकारी तथा गैरसरकारी कार्यालयका गतिविधि प्रदर्शनी, परम्परागत हस्तकला प्रदर्शनी, जातीय संग्राहलय, लाेकदाेहाेरीका कार्यक्रम समेटिएकाे थियाे ।

महाेत्सवले लमजुङमा कृषि, पर्यटन, उर्जा तथा अन्य क्षेत्रमा लगानीकाे वातावरण मिलाएकाे दावी गरिएकाे छ ।

अायाेजकले महोत्सवको टिकट बिक्रीबाट प्रति टिकट ८ रुपैयाँ सामाजिक सेवामा खर्च गर्ने प्रतिबद्धता जनाएकाे छ । अध्यक्ष थापाले बताए अनुसार बेसीशहरबाट गाउँशहर जाने बाटाेमा सिँढी लगाउन प्रति टिकट ५ रुपैयाँ, बेसीशहरमा जडान गरिएकाे सिसी क्यामराकाे मर्मतका लागि प्रति टिकट १ रुपैयाँ छुट्याइने भएकाे छ । त्यस्तै संघका सदस्यहरूभित्र भैपरी अाउने दैवी प्रकाेपका लागि दैवी प्रकाेप उद्धार काेषमा प्रति टिकट १ रूपैयाँ छु्ट्याइने छ । त्यसैगरी प्रति टिकट १ रूपैयाँ ५० पैसा सर्वाेदय ज्येष्ठ नागरिक अाश्रम हर्राबाेट र बेसीशहरकाे अादर्श महिला तथा बाल विकास केन्द्रका लागि छु्ट्याइने अध्यक्ष थापाले जानकारी दिए ।

यसैबीच महाेत्सव मूल समाराेह समितिका संयाेजक थापाले लमजुङ्ग महोत्सवलाई भब्य र सव्य रूपमा सम्पन्न गर्नका निम्ति सहयाेग गर्ने सम्बन्धित सबैलाइ धन्यवाद दिएका छन् ।

उनले उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ , विशेष अतिथि नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाल समापन कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनाका प्रधानसेनाति महारथी पूर्ण चन्द्र थापा , विशेष अतिथि नेपाल उद्योग वाणिज्य महसङ्घका उपाध्यक्ष चन्द्र ढकाल , पूर्व राज्यमन्त्री राम बहादुर गुरुङ , संविधान सभाका सदस्यहरु , गण्डकी प्रदेशका सांसदहरु , पूर्व मनानियहरु , नेपाल उद्योग बाणिज्य महासंघ , छिमेकी जिल्ला तथा नगर उद्योग बाणज्य संघ , जिल्ला स्थित राजनैतिक पार्टी हरु , जी स स प्रमुख तथा उपप्रमुख, शान्ति सुरक्षा मा अहोरात्र खटि सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षाा निकायका प्रमुखहरू, जिल्लाका ८ वटै स्थानीय निकायका पदाधिकारीहरू, विभिन्न सरकारी तथा गैसरकारी कार्यालय संघ संस्था प्रमुख तथा प्रतिनिधि , बैंक सहकारी तथा वित्तीय संस्था का प्रमुख तथा प्रतिनिधिहरूलाइ उनले धन्यवाद दिएका छन् ।

त्यस्तै महाेत्सवका मुख्य प्रायोजक , प्रायोजक , सहप्रयोजक ,सहयोगी हरु , आमा समुहहरु ,बाबा समुहहरु , क्लबहरू ,जातीय तथा धार्मिक सँग संस्था हरु ,पत्रकार , उद्याेग बाणिज्य संघका पूर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु ,कर्मचारीहरु ,विभिन्न उपसमति का संयोजक उपसंयोजक तथा सदस्यहरु , सहयोगी उद्यमी व्यवसायी हरु ,कलाकार , स्वयंसेवकहरु ,उपस्थित दर्शक, देश विदेशमा रहनु भयका शुभचिन्तकहरु प्रति उनले महाेत्सव सफल बनाउन याेगदान दिएकाे भन्दै धन्यवाद दिएका छन् ।

 

 


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *