गृहणी नृत्य प्रतियोगीतामा तामाङ प्रथम

बेसीशहर, २९ फागुन ।

छैटौ लमजुङ महोत्सव २०७५ को अवसरमा गृहिणीहरुको प्रतिभा उजागर गर्न आयोजना गरिएको एकल गृहिणी नृत्य प्रतियोगीतामा सुन्दरबजारकी शान्ति तामाङ प्रथम भएकाछन् । सुन्दरबजार नगरपालिका ९ भोटेओडार निवासी तामाङले बुधवार भएको अन्तिम राउण्डमा अन्य ३ जना सहभागीलाई पछि पार्दे प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् ।

प्रतियोगीतामा बेसीशहर १० निवासी अञ्जु गुरुङ द्वितीय, बेसीशहर ८ निवासी अलिशा आले तृतीय र भोटेओडारका दिपा सुनारले सान्तवना स्थान प्राप्त गरेका छन् । प्रथम द्धितिय, तृतिय र सान्तवना हुन सफल प्रतियोगीहरुलाई क्रमश २० हजार, १५ हजार, १० हजार र ५ हजार र प्रमाण पत्र वितरण गरिएको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *