माथिल्लाे मनाङमा सडक खुलाउन शुरू, एक्साभेटर ढुकुरपाेखरी पुग्याे

बेसीशहर, फागुन ३० गते ।

माथिल्लाे मनाङमा हिउँ जमेकाे सडक खुलाउन प्रयास शुरू गरिएकाे छ । लामाे समयदेखि अबरूद्ध बेसीशहर चामे सडक साेमबारदेखि मंगलबारदेखि खुले पनि माथिल्लाे मनाङमा सडक खुलेकाे छैन । अझै हिउँ नपग्लेकाले मेसिनबाट हिउँ पन्छाउन थालिएकाे छ ।

मनाङका संघीय सांसद कर्मा गुरूङ र पूर्व मन्त्री टेकबहादुर गुरूङकाे पहलमा सडक खुलाउन एक्साभेटर लगाइएकाे हाे । यसका लागि उनीहरूले रकम समेत पठाएका छन् । मनाङकाे भ्राताङसम्म माेटर चलिरहेकाे छ । स्वर्गद्वारीदेखि सडकमा जमेकाे हिउँ पन्छाउँदै बिहीबार साे एक्साभेटर ढुकुर पाेखरी पुगेकाे मनाङबाट समाजसेवी तथा पर्यटन ब्यवसायी विनाेद गुरूङले जानकारी दिए ।

स्वर्गाद्वारीमा एक्साभेटरले सडकमा जमेकाे हिउँ फालिँदै । तस्वीरः विनाेद गुरूङ, मनाङ

सडक खुलाउनका लागि मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले र सबै वडाका वडाध्यक्षाहरू पनि खटिएका छन् । त्यस्तै गरि चामे गाउँपालिका वडा नं ४ का अध्यक्ष लब्साङ लामा र मनाङ ङिस्याङ गां.पा. वडा नं ३ का अध्यक्ष कृष्ण लामाले सडक खुलाउन समन्वयकारी भूमिका खेल्दै अाफै सडक खुलाउन खटिरहेका छन् ।

मनाङकाे माथिल्लाे भेगमा भने अझै हिउँ जमिरहेकाेले यातायात सञ्चालन हुन सकेकाे छैन । साे क्षेत्रमा यातायात सञ्चालनका लागि पहल भइरहेकाे र केही दिन यता माैसम सफा भइ घाम लाग्न थालेकाले छिटै हिउँ पग्लन विश्वास गरीएकाे छ । यद्यपी बाक्लाे हिउँ सडकमा जमिरहेकाले छिट्टै पग्लने संकेत भने देखिएकाे छैन ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *