विप्लब नेतृत्वकाे माअाेवादीका नेता नेकपा प्रवेश

लमजुङ चैत ३ गते ।
नेक्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपा लमजुङ जिल्ला संगठन कमिटिका सदस्य टेकबहादुर तारा सत्तापार्टी नेकपामा प्रवेश गरेका छन् ।
नेकपा बेंसीसहर नगरपालिका वडा नं. ६ संयन्त्रले सारिङमा शनिबार एक कार्यक्रमको आयोजना गरी उनलाई स्वागत गरेको छ । लमजुङमा कम्युनिष्ट पार्टीका संस्थापकमध्ये एक मानिएका उनी पछिल्लो समय बिप्लव नेतृत्वको पाटीमा आवद्ध थिए । तत्कालीन पार्टी अध्यक्ष प्रचण्डसंग मतभेद भएपछि २०७१ सालमा मोहन बैद्य, रामबहादुर थापा, नेक्रविक्रम चन्द, सीपी गजुरेलसंगै छुट्टिएका उनी पछिल्लो समय बिप्लव नेतृत्वको नेकपामा संगठित भई सक्रिय भएर लागेका थिए । उनले शनिबार आफू आवद्ध पार्टी परित्याग गरी नेकपा प्रवेश गरेको घोषणा गरेका । उनी २०५३ देखि तत्कालीन नेकपा माओवादीमा आवद्ध थिए ।
करीब ७२ बर्षका उनी नेकपा प्रवेश गरेपछि गाउ“मा खुसीयाली छाएको छ । स्थानीयले खदा, टोपी लगाइदिनुका साथै अबिरजात्रा गरेका थिए । उनले ‘आफू जुन गाडीमा चढ्यो, त्यही गाडी पन्चर’ मात्रै हुने गरेको भन्दै पुरानै आफ्नो घर फर्किएको बताए । उनले आफ्नो छरछिमेक, इष्टमित्र, आफन्त र परिवारबाट टाढा रहन नसक्ने बताउ“दै बरु कुनै पद नचाहिने र अभिभावक भएर बस्न तयार रहेको बताए ।
पछिल्लो समय आफू रहेको पार्टीका नेताले आफ्नो हैकम जमाएको र पार्टीले लिएको एकीकृत जनक्रान्तिका कुरा छोडी हतियार लिएर हि“डेकाले आफू पुरानै घरमा फर्किन बाध्य भएको बताए । ‘संघर्ष भनेको युद्ध होइन । हतियारसहितको युद्धले क्रान्ति अब सम्भव छैन । त्यसैले आफ्नै घरमा बसेर संघर्ष गर्ने भनी म आफ्नै घर फर्कें’ उनले भने । ‘म सुकन्जेल म फर्केको पार्टी नेकपामा रहेर वर्तमान सरकारले लिएको सुखी नेपाली, समृद्ध नेपालको परिकल्पनालाई सकार पार्न लाग्नेछु । मेरो वडालाई नेकपामय बनाउने अभियानमा लाग्नेछु’ उनले भने ।
स्थानीयले अबिरजात्रा गर्दा उनले आ“सु चुवाए । उनीसंगै स्थानीयले उनकी पत्नी मिश्रमाया बोहरालाई अबिर लगाइदिएर स्वागत गरेका थिए । कार्यक्रममा नेकपा बेंसीसहर नगरपालिका ६ वडा संयन्त्र संयोजक यमबहादुर रिमाल, वडाअध्यक्ष भोजबहादुर रिमाल, केशर खत्री, टेकबहादुर रिमाल, नरबहादुर रिमाल, भरत भण्डारी, दुर्गा बोहरा, बुद्धिबहादुर राउत, काजीमान रिमाल लगायतले टेकबहादुर ताराको नेकपा प्रवेशप्रति खुसी भएको र उनलाई अभिभावकको रुपमा सम्झेर अघि बढ्ने बताए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *