तुर्लुङकोटमा चैतेदशैं मेलाको साथमा खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने

बेसीशहर, चैत २२ गते ।

लमजुङको सुन्दरबजार नगरपालिका वडा नंं ११ तुर्लुङकोटमा चैतेदशैं मेलाको साथमा खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ ।
स्थानीय कालिका युवा क्लवको अयोजनामा यही चैत २४ गतेदेखि तुर्लुङकोट चैते दशैं मेला पाँचौ रनिङकप खुल्ला फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रथम हुने टीमलाई नगद १ लाखको साथमा रनिङ कप, पदक र प्रमाणपत्र तथा द्वितीय हुने टीमलाई नगद ५० हजार, पदक र प्रमाणपत्र दिइने आयोजक क्लवले जनाएको छ ।
प्रतियोगितामा सेमीफाइनल पुग्ने दुई टीमलाई नगद ५ हजार दिइने छ । त्यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई नगद ३÷३ हजार र प्रमाणपत्र पुरस्कार दिइने छ । त्यस्तै अनुशासित टीमलाई फुटबल र प्रमाणपत्र दिइने आयोजक क्लवे जनाएको छ ।
त्यस्तै प्रतियोगिता अन्तर्गत हुने महिला फुटबल तर्फ प्रथम हुने टीमलाई नगद १५ हजार, पदक र प्रमाणपत्र तथा द्वितीय हुने टीमलाई नगद १० हजार पदक र प्रमाणपत्र दिइने छ ।
प्रतियोगिताको उद्घाटन खेल यही चैत २४ गते दिउसो ३ बजे हुने बताइएको छ ।
चैते दशैं मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने तय भएको छ ।
लमजुङमै सबै भन्दा ठूलो चैतेदशैंको मेला लाग्ने तुर्लुङकोटमा आयोजना गरिएको चैते दशैं मेलाका अवसरमा विभिन्न सांगितिक कार्यक्रम पनि आयोजना हुनेछन् । आयोजक क्लवले छेलो, सामूहिक लोक नृत्य तथा ठाडो भाकाको बेजोड प्रस्तुति राखिने जनाएको छ ।
चैते दशैं मेलामा छेलो प्रतियोगिता पनि आयोजना हुने छ । परम्परागत रुपमा चल्दै आएको छेलो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५ हजार, ३ हजार र १ हजार पुरस्कारका साथमा प्रमाणपत्र दिइने छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *