भ्रष्टाचारकाे जगमा टेकेर मुलुकको समृद्धिको सपना पुरा हुँदैनः रामचन्द्र पाैडेल

बेसीशहर, चैत २६ गते ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओलीको नेतृत्वमा सरकार बनेदेखि देशमा भ्र्रष्टाचार बढेको भन्दै भ्रष्टाचारको जगमा मुलुकको समृद्धिको सपना पुरा नहुने बताएका छन् ।
नेपाली कांग्रेस लमजुङको जिल्ला सम्मेलनको मंगलबार बेसीशहरमा उद्घाटन गर्दै नेता पौडेलले वर्तमान सरकारका विरोधाभाषपूर्ण क्रियाकलापले देश कुहिराको काग भएको टिप्पणी गरे । सरकारले देशको प्राथामिकता के हो भन्ने छुट्याउन नसकेको भन्दै उनले जनताका खेतमा लाग्ने कुला बनाउन छोडेर, भएका सडकहरुको स्तरोन्नति गर्न छोडेर सरकार पानी जहाज र रेलको पछि लागेको भन्दै सरकारको आलोचना गरे ।
बरु सुरुङमार्ग खन, रोपवे बनाउ, रेल र पानीजहाजको पछि नलाग उनले प्रधानमन्त्रीलाई सुझाव दिए । उनले कांग्रेसले विगतमा थालेका विकास निर्माणका कामलाई अहिलेको सरकारले अलपत्र पारेको भन्दै विकासमा पनि राजनीति जोडेको आरोप लगाए ।
नेता पौडेलले अख्तियार, अदालत जस्ता संवैधानिक निकायहरुलाई नेकपाको भर्ति केन्द्र बनाइएकोमा पनि आपत्ती जनाए । अहिले दुईतिहाइको नाममा सबैतिर तर्साउने काम भइरहेको छ, सबैतिर हालीमुहाली गरिँदैछ, यस्तै पारा रहे देश भेनेजुएला हुन बेर छैन ।

प्नधानमन्त्री अाेलीले सबै क्षेत्रमा अहिले एकाधिकार गरेकाे भन्दै पाैडेलले उनकाे शैली हेर्दा अधिनायकवाद तर्फ जान खाेजेकाे र कांग्रेसले त्यसलाइ रोकेर छोड्ने दृढता ब्यक्त गरे ।
पार्टीको सुधारका लागि सभापति देउवा उदार हुनुपर्ने र सबैलाई समेटेर पार्टी सञ्चालन गर्नुपर्ने भन्दै पौडेलले नेपाली कांग्रेसलाई सुधार गरेर पहिलो पार्टी बनाउने उद्घोष गरे ।
पार्टीको अहिलेको अवस्थाप्रति निराश नहुन आग्रह गर्दै नेता पौडेलले नेतामुखी नहुन कार्यकर्तालाई आग्रह गरे । कांग्रेसको जग भनेकै कार्यकर्ता हुन् भन्दै उनले गलतलाई गलत र सहीलाई सहि भन्न कार्यकर्तासंग आ्रह गरे । उनले भने “तपाईँहरु कांग्रेसको बन्नुुस्, देउवा वा पौडेलको होइन, जनताको स्वार्थसंग आफ्नो स्वार्थ गाँस्नोस् । तब मात्र कांग्रेसमा परिवर्तन आउँछ । उनले कार्यकर्तालाई जनताका दुःख सुखमा साथ दिन आग्रह गरे । “कांग्रेस गरिब, निमुखा, किसान र मजदुरहरुको पार्टी हो भन्दै उनले जनतामा कांग्रेसका सिद्धान्त, विचार पु¥याउन जोड दिए ।

पाैडेलले लमजुङ जिल्लाले सामाजिक  तथा राजनीतिक क्रान्तिकाे विगुल फुकेकाे भन्दै लमजुङकाे गाैरवमय इतिहासबारे पनि प्रकास पारे ।

कांग्रेस महामन्त्री डा सशांक कोइरालाले देशमा अहिले जे जति विकासका काम भएका छन्, सबै कांग्रेसले लिएको खुल्ला बजार अर्थनीतिका कारण भएको भन्दै शिक्षा, स्वास्थ्य, सञ्चारको क्षेत्रमा कांग्रेसले देशमा क्रान्ति ल्याएको बताए । उनले भने “हामी हामीले गरेका कुराको प्रचार गर्दैनौं, कम्युनिष्टहरु अरुले गरेका कुरा पनि हामीले गरेको भनेर भ्रम छर्छन् । कम्युनिष्टहरुको भ्रमको खेती तोड्न जरुरी छ ।” उनले कार्यकर्ताहरुलाई भने– “ २०४६ को परिवर्तन पछि कांग्रेसले यो देशको विकासका लागि गरेको योगदान जनतालाई बुझाउन जरुरी छ ।


पेशाले चिकित्सक समेत रहेका महामन्त्री कोइरालाले हिजो बहुदल आउँदा देशभर मुश्किलले १ हजार डाक्टर मात्र रहेकामा अहिले देशभरमा ५० हजार बढी डाक्टर उत्पादन हुनु, नेपालीहरुको औषत आयु ५१ बर्षबाट बढेर ७० भन्दा माथि पुग्नुमा कांग्रेसको देन छ भन्दै भने–“कांग्रेसले गाउँ गाउँमा स्वास्थ्य चौकी खोल्यो, गाउँ गाउँमा मोटरबाटो खन्यो, अहिले सबैका हातहातमा मोबाइल छ, त्यो कांग्रेसकै देन हो ।”
देशलाई माओवादी द्वन्द्धले जर्जर बनाएको बेला कांग्रेसले नै देशलाई शान्तिको बाटोमा ल्याएको स्मरण गराउँदै कांग्रेसकै नेतृत्वमा देशमा विकास निर्माणका काम र लोकतान्त्रिक संविधान जारी भएको कुरा जनतालाई बुझाउन सक्नु पर्ने उहाँको भनाई थियो । “हामी कांग्रेसले गरेका राम्रा कुराको पनि प्रचार गर्न जान्दैनौं, कम्युनिष्टहरु हामीले गरेको कामलाई आफूले गरेको भनेर जनतालाई झुक्याइरहेका छन् ।” महामन्त्री कोइरालाले भने । उनले कांग्रेसलाई सशक्त बनाउन नेविसंघ र तरुण दललाई विवादरहित बनाएर संगठित पार्नुपर्नेमा जोड दिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *