लमजुङमा सिद्धार्थ बैंककाे शाखा उद्घाटन

बेलिना थापा

लमजुङ, चैत २७ गते ।

लमजुङको बेंसीसहरमा सिद्धार्थ बैंकको शाखा सञ्चालनमा आएको छ ।

बैंकको १ सय ४९ शाखाको रुपमा बेंसीसहरमा शाखा सञ्चालनमा आएको हो । २०५८ सालमा स्थापना भएको बैंकको देशभर लमजुङसहित ५५ जिल्लामा एक सय ४९ शाखा रहेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले बताए । उनका अनुसार एकसय शाखारहित एकाई, १ सय ६० एटीएम र १ हजार २ सय बढी पिओएस मेशिनमार्फत सेवा प्रदान गरिरहेको छ । बैंकको हालसम्म सात लाख ग्राहक रहेको उहाँले बताउनुभयो । सेवाग्राहीको आवश्यकता र माग अनुसार सेवालाई परिमार्जन गर्दैै लैजाने उनले बताए । उनले भने–‘बैंकमा लाइनमा बस्न झन्झट, समय धेरै लाग्ने गुनासो आएपछि एटीएम, पिओएस सेवा सञ्चालन गरिएको हो । आगामि दिनमा ग्राहकको माग अनुसार सेवा दिँदै जाने छौं ।’ बैंकले आर्थिक कारोबार मात्र नभएर वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । गाउँ–गाउँका नागरिकलाई बचत गर्ने बानी बसाल्न सचेतना र सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम गर्दै आएको उनले बताए ।

बेंसीसहर शाखाको बुधबार उद्घाटन गर्दै बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बैंकको संख्या बढेर मात्र नहुँने भन्दै सेवासुविधा छिटो छरितो र प्रभावकारी हुनुपर्ने बताए । उनले भने, ‘बैंक जाँदा समय धेरै गयो । लाइनमा कुर्नुप¥यो भनेर गुनासो आइरहेको छ । यसलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा सोच्नुपर्छ । कसरी छिटो र सहज सेवा दिन सकिन्छ भनेर लाग्नुपर्छ । आधुनिक प्रविधि अनुसार सेवा प्रवाह गर्नुपर्छ ।’

बैंकले नागरिकलाई ऋण प्रवाह गरी उनीहरुलाई व्यवसाय सञ्चालन गर्न र आयआर्जनमा सघाउनुपर्ने उनकाे भनाइ थियाे । “नागरिकले पनि पैसा घरमै प्लाष्टिकमा राख्नुपर्छ सुरक्षित हुन्छ भन्ने जस्ता पुरानो सोंचलाई परिवर्तन गरेर बैंकमा राख्नुपर्छ ।” उनले भने ।

लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रामकुमार श्रेष्ठले जिल्लाका उद्यमी, व्यवसायीलाई सहज हुने किसिमले बैंकले काम गर्नुपर्ने बताए । नागरिकलाई व्यवसायमा लाग्न सहयोग गर्ने र आर्थिक समृद्धिका लागि टेवा पु¥याउन आवश्यक रहेको र बित्तिय बजारमा एकरुपता नआएका कारण व्यवसायीलाई समस्या पारेको बताए ।

एक बर्षदेखि सेवा प्रवाह गर्दै आएको उक्त बैंकको बुधबार औपचारिक उद्घाटन भएको हो । सिद्धार्थ बैंकका सञ्चालक दिनेशशंकर पालिखेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा धन्यावाद ज्ञापन तथा समापन बेंसीसहर शाखा प्रबन्धक रुद्रप्रसाद पोखरेल र सञ्चालन पोखरा शाखा प्रबन्धक अनिरुद्र बरालले गरेका थिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *