अन्नपूर्ण पदमार्गमा पर्यटककाे चाप बढ्याे, ब्यवसायी उत्साहित

शान्ता कमली
बेसीशहर, चैत  २८ ।
सिजन शुरु भएसँगै अन्नपूर्ण पदमार्गमा बाह्य पर्यटकहरुको संख्यामा बृद्धि भएको छ । पदमार्गमा हिउ पर्न छाडेपछि पर्यटकहरुको संख्यामा बृद्धि भएको हो । केहि महिना अघि परेको हिमपातका कारण अबरुद्ध थोराङ क्षेत्र सुचारु भएको छ । माथिल्लो क्षेत्रमा हिमपात रोकिएपछि मनाङ प्रशासनले पर्यटकहरुलाई थोराङ भञ्ज्याङ पास गरी मुस्ताङ निस्किन अनुमति दिएको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए । हिमपात परेपछि अन्नपूर्ण चक्रिय पदमार्गको यात्रामा निस्किएका विदेशी पर्यटकहरु मनाङका विभिन्न होटलहरुमा बसेका थिए ।“हामीले हिमपात भइरहेको बेला पर्यटकहरुलाई सुरक्षित भएर होटलमा बस्न र पदमार्गको थोराङ र तिलिचो क्षेत्रको प्रवेशमा रोक लगाएका थियौं ।” मनाङका प्रमुख जिल्ला अधिकारी देवकोटाले भने, “अब हिमपात रोकिएको छ । बाटोमा भएका हिउँ पहिरो हटाएर पदमार्ग खुलाएका छौं ।”
हिमपातका कारण पदमार्गको विभिन्न स्थानमा हिमपहिरो आएकाले मनाङ प्रशासन र एक्याप मनाङले केही समयको लागि पर्यटकहरुलाई थोराङ क्षेत्र र तिलिचो क्षेत्रमा जान रोक लगाएको थियो एक्याप मनाङका कार्यालय प्रमुख बाबुलाल तिरुवाले भने । उनले भने अन्नपुर्ण पदमार्गमा गत फागुनदेखि चैत १३ गतेसम्म २ हजार १ सय जना पर्यटक मनाङ प्रवेश गरेको एक्याप प्रमुख तिरुवाले बताए । उनका अनुसार हाल दैनिक ९० देखि एक सय पर्यटक मनाङ प्रवेश गर्ने गरेका छन् । मनाङमा दैनिक पर्यटक बढ्न थालेपछि मनाङका पर्यटन व्यवसायी उत्साहित भएको मनाङका पर्यटन व्यावसायी विनोद गुरुङले बताए ।
यातायातको सहज भएसँगै अहिले मनाङ सदरमुकाम चामेदेखि, पिसाङ, उपल्लो मनाङ हुँदै बेसक्याप, तिलिचो र थोराङ्ला भञ्ज्याङसम्म दैनिक ठूलो सङख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । मुस्ताङ, मनाङ, म्याग्दी, कास्की र लमजुङमा फैलिएको अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि विश्वभरबाट पर्यटक आउने गरेका छन् । विगतमा १४ दिन लाग्ने राउण्ड पदमार्गका विभिन्न स्थानमा सडक सञ्जालको विस्तार भएका कारण अहिले १० दिनमा झरेको छ ।


  1. its good to read news about our district bt it seems like elamjung is not able to cover all the news because we can see that the news is not updated for as long time !! it must be able to cover the each and everydays news about our district lamjung nepal !! neway thanks elamjung u doin good job !!

कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *