पुर्ण सरसफाइ उन्मुख क्षेत्र ताघ्रिङको प्रथम बाषिकोत्सव

बेलिना थापा

बेसीशहर, चैत २९ गते ।

मस्याङदी गाउँपालिका ४ ताघ्रिङलाई एकबर्षअघि सफा, स्वच्छ घर तथा पुर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरिएको थियो । घोषणापछि सरसफाई निरन्तरता दिँदै आएकोमा अहिले प्रथम बाषिकोत्सव पनि मनाएको छ ।

शुक्रबार जगतबजारमा एक कार्यक्रमको आयोजना गरी बाषिकोत्सव मनाएको हो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य धनञ्जय दवाडीको प्रमुख आथित्य थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरसफाइ जीवन र समाजको महत्वपुर्ण र नियमित प्रक्रिया भएकाले निरन्तरता दिनुपर्ने बताउनुभयो । उक्त क्षेत्र अन्नपूर्ण चक्रीय पदमार्ग भएकाले पर्यटकको बिकासका पनि सरसफाइमा लाग्न अनिवार्य रहेको बताउनुभयो । सबै नागारिकहरुले स्वारोजगार हुँदै आयआर्जनसंग जोड्न पर्ने र त्यसो हुन सक्दा मात्रै समृद्ध नेपाल र सुखी नेपाली हुने बताउनुभएको थियो । मस्र्याङदी गाउँपालिका उपाध्यक्ष होमबहादुर विश्वकर्मा, वडाध्यक्ष सुमन गुरुङ, नेकपाका प्रतिनिधि महेन्द्र थापा, नेपाली कांग्रेस जिल्ला कार्य समिती सदस्य नरबहादुर गुरुङलगायतको उपस्थिति थियो ।

कार्यक्रममाम स्थानीय दलका राजनीतिक दलका प्रतिनिधि, वडा सदस्य, शिक्षक, विद्यार्थी, टोल सुधार समिति, आमा समूह, युवा क्लबको उत्साहजनक उपस्थिति थियो ।

कार्यक्रम सरसफाइ ब्यबस्थापन समितिका अध्यक्ष खुसिराम गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सदस्य बखबहादुर गुरुङले गर्नुभएको थियो । सोही अवुसरमा सरसफाइमा उत्कृष्ट हुने टोललाइ बाल्टी, साबुन र कुचो प्रदान गरिएको छ । सरसफाईमा झितै जगत टोल प्रथम, पुरानो जगत द्वितीय भएका छन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *