इलमपाेखरीकाे फुलिङगिरीमा जीप दुर्घटना, २१ घाइते, १२ काे अवस्था गम्भीर

बेसीशहर, बैशाख १ गते ।

लमजुङको दूधपोखरी गाउँपालिकाको फुलिङगिरीमा आज दिउसो जीप दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर छ ।
बिचौरबाट गौडातर्फ आउँदै गरेको ग १ज ६८९० नम्बरको यात्रुबहाक जीप साविक इलमपोखरी गाविसको फुलिङगिरीमा दिउसो साढे १२ बजेतिर दुर्घटना भएको हो । जीप सडकबाट करीब ५० मिटर तल खसी दुर्घटनाग्रस्त भएको र जीपका चालकसहित सबै यात्रु घाइते भएका हुन् ।
घाइतेमध्ये गम्भीर घाइते १२ जनालाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ । केही घाइतेलाई उपचारका लागि बेसीशहरस्थित सामुदायिक अस्पतालमा ल्याइदै छ । अन्य घाइतेहरुको गौंडास्थित प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरुमा दूधपोखरी १ का ६ बर्षका सोनिया गुरुङ, ३० बर्षकी माया गुरुङ, ३२ बर्षकी गौमाया गुरुङ, ७ बर्षका सरोज गुरुङ, १० बर्षकी करिष्मा गुरुङ, ४ बर्षकी सुसुमा गुरुङ, १५ बर्षकी स्यारी गुरुङ, ३५ बर्षकी सुकमाया गुरुङ, ७३ बर्षका गौलाल गुरुङ, १८ बर्षका युरिसा गुरुङ, ९ बर्षका मनोज गुरुङ, गोरखा घर बताउने ५० बर्षका मोतिलाल गुरुङ, सुन्दरबजार न.पा. ४ का ३२ बर्षिया रिता दवाडी, उनको ६ बर्षिय छोरा दिक्षन्त न्यौपाने, दूधपोखरी २ का २५ बर्षिय सुजाता गुरुङ, वडा नंं ४ का सिरिषा गुरुङ, ४ बर्षिय शीखा गुरुङ, ३० बर्षिय खेमबहादुर गुरुङ, वडा नंं ३ का निशान घले, बालकुमारी घले र दोर्दी ८ का १३ बर्षिया सुनिल गुरुङ रहेका प्रहरीले जनाएको छ ।

दुर्घटना कसरी हुन गयाे त्याे खुल्न नसकेपनि क्षमता भन्दा बढी यात्रु राखेका कारण दुर्घटना भएकाे अनुमान  गरिएकाे छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *