फुलिङगिरी जीप दुर्घटना, १ काे मृत्यु

बेसीशहर, बैशाख १ गते ।

लमजुङको दूधपोखरी गाउँपालिकाको फुलङगिरीमा अाज दिउसो भएकाे जीप दुर्घटनामा घाइते भएकामध्ये १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा दूधपोखरी , १ फुलङगिरिकी ३० बर्षकी माया गुरुङ रहेकी छन् ।गम्भीर घाइते भएकी उनलाइ उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएकाे हाे ।

दुर्घटनामा परी घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाइ चितवन मेडिकल कलेज भरतपुर लगिएकाे छ । बिचौरबाट गौडातर्फ आउँदै गरेको ग १ज ६८९० नम्बरको यात्रुबहाक जीप साविक इलमपोखरी गाविसको फुलिङगिरीमा दिउसो पौने १२ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । जीप सडकबाट करीब ५० मिटर तल खसी दुर्घटनाग्रस्त भएको र जीपका चालकसहित सबै यात्रु घाइते भएका हुन् । घाइतेमध्ये गम्भीर घाइते ५ जनालाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ । केही घाइतेलाई उपचारका लागि बेसीशहरस्थित सामुदायिक अस्पतालमा ल्याइएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख यादव ढकालले बताए । अन्य घाइतेहरुको गौंडास्थित प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।दुर्घटनामा परी घाइते हुनेहरुमा दूधपोखरी १ का ६ बर्षका सोनिया गुरुङ, ३२ बर्षकी गौमाया गुरुङ, ७ बर्षका सरोज गुरुङ, १० बर्षकी करिष्मा गुरुङ, ४ बर्षकी सुसुमा गुरुङ, १५ बर्षकी स्यारी गुरुङ, ३५ बर्षकी सुकमाया गुरुङ, ७३ बर्षका गौलाल गुरुङ, १८ बर्षका युरिसा गुरुङ, ९ बर्षका मनोज गुरुङ, गोरखा घर बताउने ५० बर्षका मोतिलाल गुरुङ, सुन्दरबजार न.पा. ४ का ३२ बर्षिया रिता दवाडी, उनको ६ बर्षिय छोरा दिक्षन्त न्यौपाने, दूधपोखरी २ का २५ बर्षिय सुजाता गुरुङ, वडा नंं ४ का सिरिषा गुरुङ, ४ बर्षिय शीखा गुरुङ, ३० बर्षिय खेमबहादुर गुरुङ, वडा नंं ३ का निशान घले, बालकुमारी घले र दोर्दी ८ का १३ बर्षिया सुनिल गुरुङ रहेका प्रहरीले जनाएको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *