लमजुङका हाेमस्टे पर्यटकले भरिभराउ

शान्ता कमली

बेसीशहर, बैशाख २ गते।

लमजुङ जिल्लाका विभिन्न पर्यटकीय गाउँहरु पर्यटकले भरिभराउ भएका छन् । नयाँ वर्ष मनाउन आएका पर्यटकले ती गाउँ पर्यटकले भरिभराउ भएका हुन । नयाँ वर्ष मनाउन लमजुङका होमस्टेहरुमा यति वेला आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । जिल्लाका होमस्टे सञ्चालन भएका पर्यटकिय गाउँहरुमा नयाँ वर्ष मनाउन आएका पर्यटकहरुले पर्यटकिय गाउँहरु भरिभराउ भएका हुन् । होमस्टे, प्राकृतिक दृश्यावलोकनका लागि पर्यटकीय गाउँहरुमा पर्यटकको ओईरो लागेको हो ।
नेपालकै पहिलो स्मार्ट भिलेजको रुपमा अघि सारिएको सार्कराष्ट्रकै नमुना घलेगाउँ र नेपालकै नमुना गाउँ काउलेपानीमा यतिबेला नयाँ बर्ष मनाउन आएका पर्यटकले होमस्टेनै ‘हाउसफुल’ भएको छ । दैनिक पर्यटकको चहलपहल हुने यी गाउँहरुमा नयाँ वर्षको अवसरमा थप पर्यटकहरु आएका हुन् । नयाँ वर्षको अघिल्लो दिन सार्वजनिक विदा र भोलिपल्ट नयाँ वर्ष परेकाले पर्यटकको चाप बढेको काउलेपानीका होमस्टे संञ्चालक कविन्द्र गुरुङ बताउँछन् । ‘नयाँ बर्ष मनाउनका लागि समुह समुह बनेर आएका छन् ,काउलेपानी पर्यटन ब्यवस्थापन समितिका अध्यक्ष देबबहादुर गुरुङले भने, ‘गाउँका सबै होमस्टे घरहरु पर्यटकले भरिएका छन् ।’ होमस्टेमा ३० भन्दा बढी बाह््य पर्यटक र २ सय बढी आन्तरीक पर्यटकले नयाँ वर्ष मनाएका छन् । अध्यक्ष गुरुङले भने “कुनै घरपनि खाली छैन हामीलाई भ्याई नभ्याई भएको छ” । “राती बास बस्न नपाउनेहरु विहान मात्रै आएका थिए ।” पर्यटकको आगमन बढेसँगै होमस्टे सञ्चालकहरुको ब्यस्तता पनी बढ्न थालेको होमेस्टे सञ्चालक तिलमायाँ गुरुङ बताउँछीन् । “गाउँका कुनै घरपनि खाली छैन हामीलाई भ्याई नभ्याई भएको छ, उनले भनीन्, ।
त्यस्तै नेपालकै पहिलो स्मार्ट भिलेजको रुपमा अघी सारिएकोे सार्क राष्ट्रकै नमूना ग्रामिण पर्यटकिय गाउँ घलेगाउँमा आइतबार मात्रै तीन सय भन्दा बढि पर्यटक आएको घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष पेम घलेले बताए । उनले आएका पर्यटकलाई गाउँमा ठाँउ नपुगेर नजिकका छिमेकी गाउँहरुमा पठाएको बताए । “पर्यटकले सवै होमस्टे प्याक भयो, गाउँमा आएका सवै पर्यटकलाई राख्न सकिएन घलेले भने । केहि पर्यटकहरुलाई भुजुङ, घनपोखरातिर पठाउन बाध्य भयाँै । उनले दुई दिनका लागि गाउँका सवै होमस्टे प्याक भएको बताए ।
घलेगाउँ, काउलेपानी सहित सदरमुकाम बेसीशहर नजिकै रहेको खासुरको होमस्टेमा पनि पर्यटक भरिएका छन् । यसैगरी खुदीको सिउरुङ, ताघ्रिङको छापा, घेर्मुको रकगार्डेन रहेको खानीगाउँ, राइनासकोट, भुजुङ र नरुवाल होमस्टेमा पनि पर्यटकको ओईरो लागेको स्थानियले बताएका छन् । गाउँमा पर्यटकको चाप बढेर भ्याई नभ्याई भएपनि गाउँलेहरु भने खुशी भएका छन् । वर्षको शुरुवातमै पर्यटकको चहलपहल बढेपछि वर्षभरी पर्यटक बढ्ने स्थानियले आशा गरेका छन् ।
पर्यटकिय गाउँहरुमा कृषिसँगै पर्यटननै मुख्य पेशा रहेको छ । पर्यटकहरुको स्वागत सत्कार गरेरनै स्थानियले मनग्ये आम्दानी गर्ने गरेका छन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *