आजकल को खुसी (लघुकथा)

सुधीर कुमार सुमन

“तपाईंले थाहा पाउनु भो म्याडम।सावित्री म्याडम लाई त स्कुल बाट निकाले अरे नि त”। पहिलो क्लास सकेर बाहिर निस्केकी सोभिता ले सुनाइ।

“हैन के भन्नू हुन्छ।त्यस्तो टाठी थिइ।कलेज मा पनि टपर भन्या हैन? किन निकालेछन त बुढा ले”। उनीले उत्सुक हुँदै सोधिन् ।

“के हुनु नि यसपाली बाबू नानी को रिजल्ट हेर्नू भएन । सबै बिषय मा ए ए प्लस आको छ। त्यै सावित्री को मा मात्र बि भन्दा माथी छैन।अस्ति अभिभावक हरु नै आएर कम्प्लेन गरेका अरे नि त।पढाउन नजान्ने शिक्षक के काम भनेर। त्यसकै बिषय मा मात्र कम नँ कसरी आउँछ भन्दै आन्दोलन गरेछन अनि “। सोभिता म्याडम धारा प्रवाह बोल्न थालिन्।

“हो हुन त। ठिकै पनि भो यार खुब मैँ हुँ भन्थी । क्रान्तिकारी कुरा गर्थी।स्कुल कै सिस्टम फेर्न पर्छ भनेर कुर्लिन्थी।ठिक्क पर्यो।” उनीले सावित्री को कुरा मा सहि थप्दै भनिन्।

“अँ तनि खुब सिकाउन खोज्थी हामीलाई।कत्ती न ऊ मात्र जान्ने झैँ।सेकेन्ड टर्म मा मैले पेपर चेक गरेको देखेर खुब कुरा काटेकी थिइ।केटा केटी लाई उनिहरु ले पाउने नँ भन्दा धेरै दिन हुन्न अरे।बिद्यार्थी बिग्रीन्छन भन्दै थिइ।मैले नँ थपेर सबैलाइ ए हालिदिँदा।” सोभिता ले मस्किदै भनी।

उनी ले पनि मुस्कुराउँदै भनिन्।”अँ भन्या मान्छे मात्र टाठो भएर हुने हो र।परिस्थिती अनुसार पनि चल्न जान्न पर्यो नि।मँ त झन बिग्रेको कुरा पनि सच्चाएर नँ हाल्दिन्छु।  हाम्रो खल्ती बाट जाने होइन क्यारे कि कसो।त्यसै टिकिन्छ त स्कुल मा।बच्चा खुसी अभिभावक झनै खुसी, हैन त”?


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *