गैरीगाउँमा सञ्चालित फुटबल प्रतियोगिताको उपाधी मनासलु युवा क्लब ढगैको पोल्टामा

बेलिना थापा

बेसीशहर, बैशाख १० गते

मस्र्याङदी गाउँपालिका ४ कालाघिरिङ गैरीगाउँमा सञ्चालन गरिएको जिल्लाव्यापी पुरुष तथा महिला फुटबल प्रतियोगिताको उपाधी पुरुषतर्फ मनासलु युवा क्लब ढगैंले हात पारको छ । फाइनल खेलमा मनासलु युवा क्लब ढगैंले एकका विरुद्ध चार गोल गरी कन्यादेवी युवा क्लब मिप्रालाई हराएर उपाधी जितेको हो । उपाधी जितेसैगै ढगैंले ६० हजार रुपियाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता मिप्राले ३५ हजार रुपियाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक न्यू स्टार पोर्ट युवा क्लब गैरीगाउँका सदस्य तुलसी गुरुङले बताउनुभयो ।

प्रतियोगिता उत्कृष्ट खेलाडीमा कन्यादेवी युवा क्लब मिप्राका प्रकाश गुरुङ र सर्वाधिक गोलकर्तामा न्यू स्टार स्पोर्ट युवा क्लब गैरीगाउँका तुलसी गुरुङ घोषित हुनुभएको छ । तुलसीले खेल अवधिभर ८ गोल गर्नुभएको थियो । उहाँहरुले ३÷३ हजार रुपियाँ, मेडल र प्रमाणपत्र पाउनुभएको छ ।

महिलातर्फ शान्तीदिप युवा क्लब दिङदिङले जितेको छ । फाइनल दिङदिङ र मनासलु युवा क्लब ढगैंबी भएकोमा खेल अवधिभर कुनै गोल हुन नसकेपछि ट्राइब्रेकरमा २ का विरुद्ध ४ गोल गरी दिङदिङ पहिलो भएको हो । पहिलो भएसंगै दिङदिङले १० हजार रुपियाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोसा्रे हुने ढगैंले ६ हजार रुपियाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उत्कृष्ट खेलाडीमा मनासलु युवा क्लब ढगैंका सपना गुरुङ र सर्वाधिक गोलकर्तामा मनासलुकै अनिशा गुरुङ घोषित हुनुभएको छ । उहाँहरुलाई ५÷५ सय रुपियाँ र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ एन्फा लमजुङका अध्यक्ष लोकेन्द गुरुङ, वडा नम्बर ४ का वडाध्यक्ष सुमन गुरुङ, आयोजक क्लबका उपाध्यक्ष कम्बीर गुरुङलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । न्यू स्टार स्पोर्ट युवा क्लब कालाघिरिङ गैरीगाउँले नयाँबर्षको अवसरमा फुटबल प्रतियोगिता सञ्चालन गरेको थियो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *