तीन मुक्तक

विकास गोतामे ‘विवश’
मध्यनेपाल न. पा~७, करापुटार लमजुङ
१. भैंसी पाली शुद्ध दुध खाँदैनौं अचेल
   खेती गर्न बारीमा मोल लाँदैनौं अचेल
   सबै कुरा पोकामा तयारी चाहिने हरे
   अन्न पानी जोड्न मेला जाँदैनौं अचेल
२. बुढा गए कमाउन काम गर्नु किन ?
   पैसा भए रमाउन काम गर्नु किन ?
   सबै पुगे जिन्दगीमा बाकी नभए केहि
   फाल्तु कमाइ जमाउन काम गर्नु किन ?
३. दुख गरी परदेशमा धन कमाउने मन हो
   दुई चार पैसाले घरखेत समाउने मन हो
   कष्ट बुझी सकेसम्म गर्नु बचत सदैब
   जोडी सम्पत्ति परिवारसँगै रमाउने मन हो ।

 


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *