जेष्ठ नागरिकहरु विच कविता प्रतियोगिता, बालकृष्ण सुवेदी प्रथम

बेसीशहर, बैशाख १४ गते ।

सामुदायिक रेडियो मर्स्याङदीकाे १३ औँ स्थापना दिवसको अवसरमा राइनासमा जेष्ठ नागरिकहरु विच कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगीतामा सहभागीहरुले बृद्धबृद्धाहरुले भोग्दै आएका शारिरिक, मानसिक पिडाहरुलाई समट्दै मार्मिक कविता सुनाएका थिए ।

राईनास नगरपालिका प्रमूख सिँहबहादुर थापाको प्रमूख अतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै राईनास नगरपालिका प्रमूख सिँहबहादुर थापाले बृद्धहरुको सम्मान गर्नु राज्यको दायित्व भएको बताए । जेष्ठ नागरिकहरु सामाजिक विकास र समाज रुपान्तरणको इतिहास भएको भन्दै उनीहरूकाे सम्मानमा स्थानिय सरकार लागिपरेको उल्लेख गरे ।

प्रतियोगितामा बेसीशहरका बालकृष्ण सुवेदी, प्रथम, सुन्दरवजारका विष्णु बहादुर गुरुङ प्यासी द्वितीय, बेसीशहर–११ चितिका रुद्रनिधी तिवारी तृतीय र सुन्दरवजारकै लक्ष्मी प्रसाद मिश्रले सान्तवना स्थान हात पारे । विजेताहरुले क्रमशः नगद पाँचहजार, तिनहजार, दुईहजार, एकहजार र प्रमाणपत्र प्राप्त गरे ।

राईनास नगरपालिकाको सहयोग, जेष्ठनागरिक जिल्ला संघ लमजुङ र सर्वोदय सेवाश्रम हर्राबोटको समन्वयमा प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा ५० बर्ष नाघेका वृद्धाहरुलाई मात्र सहभागिता गराईएको थियो ।

आफ्नो स्थापना भएको १२ वर्ष पुरा गरेको अवसरमा सामूदायिक रेडियो मस्र्याङदीले विबिध कार्यक्रम आयोजना गर्दै आएको छ । रेडियोले यसअघि शुभकामना आदान प्रदान, व्यवसायीहरु विच हाजिरजवाफ प्रतियोगिता सम्पन्न गरेकाे छ ।

रेडियोले वार्षिक उत्सवको अवसरमा निरन्तर १२ घण्टा रेडियो अन्तरवार्ता, वर्तमान समयमा सामूदायिक रेडियोको अवस्था सम्वन्धी अन्तरक्रिया, वालवालिका लक्षित चित्रकला प्रतियोगीता, युवा लक्षित युवा उद्यमशिलता र नेतृत्व विकास सम्वन्धि गोष्ठि, महिला लक्षित सासुबुहारी संगसँगै अन्तरक्रिया, पूरुष तथा महिला पत्रकारहरु विच विबिध खेल प्रतियोगीता लगायत अन्य कार्यक्रम तय भएको रेडियो स्टेशन प्रमूख मिना गुरुङले जानकारी दिइन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *