घलेगाउँ साँच्चीकै स्मार्ट भिलेजकाे रूपमा विकसित हुँदै

बेसीशहर बैशाख १७ गते ।

स्मार्ट भिलेजको रुपमा केही समयअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेको घलेगाउँ अब साँच्चीकै स्मार्ट भिलेजको रुपमा विकास हुँदैछ ।
२०५७ सालदेखि ग्रामीण पर्यटनको अवधारणा बोकेर अघि बढेको यो गाउँ अहिले पर्यटनकै माध्यमले देश विदेशमा प्रख्यात भएको छ । सार्क राष्ट्रको नमुना गाउँसमेत बन्न सफल यो गाउँ हिमालको काखमा छ । लहरै सेता हिमालको काखमा गाउँ मनोहर देखिए पछि गाउँका घरका खिया लागेका जस्ता पाताले कता कता पर्यटकलाइ खल्लो बनाइरहेको थियो ।
तर अब त्यस्तो छैन । खिया लागेका पुराना जस्तापाताको छानो उक्काएर घलेगाउँबासुीले रंगीन जस्ता पाता फेरेका छन् । रातो रङको जस्तापाताले घर छाएपछि घले गाउँको सुन्दरता अरु बढेको छ । बीचबीचमा निलो रंगको जस्ताको छानोले गाउँको सौन्दर्यलाई अरु बढाएको छ ।
स्मार्ट भिलेजमा एकै रंगको छानो हुनुपर्ने भए पनि केही स्थानीयले आफ्नै खर्चमा पोहोर परार मात्रै नीलो रंगको जस्ता फेरेकाले तत्काल ती छाना भने फेरिने छैनन ।
प्राकृतिक छटाले भरिपूर्ण भए पनि गाउँका घरका छानोमा लागेको खियाले गाउँलेहरुलाई नै गिज्याएको भान हुन्थ्यो, अब गाउँनै अर्को भएको छ, स्थानीय समाजसेवी लिलबहादुर घलेले भने ।
घलेका अनुसार गाउँका घरको टीन मात्र फेरिएको होइन, गाउँका घर, गल्लीहरुमा सरसफाई अभियानलाई दुरुस्त पारिएको छ । “घर÷गल्लीहरुमा फूल रोपिएको छ । अब त हाम्रो गाउँ धपक्कै बल्दै छ । पहिला जानेहरु फेरि जाँदा अन्यत्रै गएको जस्तो भान हुन्छ ।” उनले हास्दै भने–“ हामीलाई त अन्तै बसेजस्तो लाग्छ ।”
प्रदेश सरकारले उपलब्ध गराएको ३९ लाख र क्व्होंलासौथर गाउँपालिकाको १५ लाख बजेटबाट गाउँका घरमा नयाँ रंगीन जस्ता राखिएको हो ।
घलेगाउँमा अझै केही घरमा रंगीन जस्ता राख्न बाँकी नै रहेको छ । सबै १ सय २५ घरमा जस्ता फेर्दा करीब ८५ लाख खर्च लाग्ने पर्यटन ब्यवस्थापन समिति घलेगाउका अध्यक्ष समेत रहेका गाउँपालिकाका अध्यक्ष प्रेम घलेले जानकारी दिए । नपुग रकमको जोहो हुँदै गरेको उनले बताए ।(बाँकी पृष्ठ ५ मा)


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *