कामना सेवा विकास बैंकमा १ हजारमा खाता खोल्दा ७ लाख सम्मको बिमा

दीपक अधिकारी
बेसीशहर बैशाख २० ।
कामना सेवाबिकास बैंकले १ हजार रुपैयाँमा खाता खोल्दा ७ लाख सम्मको दुर्घटना र १ लाखको औषधी उपचार बिमा हुने नयाँ योजना शुरु गरेको छ । सो बैंकले कामना सेवा स्वर्णिम सुरक्षित बचत खाता योजना शुरु गरेको हो ।
यो नयाँ योजना सञ्चालनमा ल्याएपछि कामना सेवा बैंकमा खाता खोल्नेहरुको संख्या पनि बढ्दै जान थालेको छ । सुरक्षित लगानी, स्वर्णीम बिहानी भन्ने नारा लिएर शुरुवात गरीएको सो योजनामा ग्राहकले नयाँ खोल्ने खातामा न्युनमत १ हजार मौज्दात रहनु पर्ने बैंकले जनाएको छ । सो योजनामा दैनिक रुपमा ब्याज गणना भई त्रैमासिक रुपमा भूक्तानी हुनेछ भने भिजा डेबिट कार्ड, मोबाईल एबं ईन्टरनेट बैंकिङ कार्यक्रम पनि निःशुल्क हुनेछ ।
ग्राहकका लागि निकै आकर्षक योजना ल्याएको कामना सेवा बिकास बैंकले यो योजनाबारे सु–सुचित गराउने उद्देश्यले लमजुङ सदरमुकाम बेसीशहरमा बित्तीय साक्षरता एबं घरदैलो अभियान सम्पन्न गरेको छ । सो कार्यक्रममा कामना सेवा बिकास बैंकका गण्डकी प्रदेश प्रमुख टुवराज वास्तोला, बेसीशहर शाखाका प्रबन्धक कृष्ण चापागाई र सुन्दरबजार शाखाका प्रबन्धक तुलसीराम गिरी सहितको टोलीले उदीपुर भकुण्डे बेसीशहर बजार घुमेर बैंकको योजनाबारे जानकारी गराएको थियो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *