बेसीशहर र भाेर्लेटारमा निःशुल्क याेग शिविर

बेसीशहर, २१ बैशाख ।

पतञ्जली याेग पीठ नेपाल, महिला पतञ्जली याेग समिति नेपाल र बेसीशहर नगरपालिका वडा नं. ८ काे सहयाेग र पतञ्जली याेग समिति लमजुङकाे अायाेजनामा बेसीशहरमा निःशुल्क याेग विज्ञान शिविर सम्पन्न भएकाे छ ।

बेसीशहर नगरपालिकाका प्नमुख गुमानसिंह अर्यालकाे  काे प्रमुख अातिथ्यमा भएकाे याेग शिविर पाँच दिनसम्म चल

प्रमुख र वडा नं. ८ का अध्यक्ष पवित्रा रानाकाे विशेष अातिथ्यमा शुरू भएकाे याेग शिविरमा बेसीशहर नगरपालिकाकाे वडा नं ८ का करीब ५० जनाले सहभागिता जनाएका थिए । महिला पतञ्जली याेग समितिका केन्द्रीय अध्यक्ष अर्चना घिमिरेले सहभागीहरूलाइ याेग र प्राणायम सिकाएकी थिइन् । साथै पतञ्जली याेग समिति कास्कीका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेश समितिका सल्लाहकार क्या. इन्द्रबहादुर गुरूङले पनि याेग सिकाएका थिए ।

शिविरमा याेग तथा प्राणायमकाे महत्वका बारेमा पनि सहभागीहरूलाइ जानकारी गराइएकाे थियाे । शुक्रबार अायाेजित शिविरकाे समापन समाराेहमा पतञ्जली याेग समिति लमजुङकाे पुनर्गठनसमेत गरीएकाे छ । अंगराज घिमिरेकाे अध्यक्षतामा पुनर्गठित समितिले अबका दिनमा बेसीशहरका विभिन्न स्थानमा याेग साधना शिविर सञ्चालन गर्ने निर्णय गरेकाे छ । बेसीशहरकाे प्रकृति नारी समाज, फुलबारी अामा समूह र मनाङे चाैतारा अामा समूहकाे भवनमा नियमित रूपमा याेग साधना सञ्चालन गर्ने निर्णय भएकाे समितिका अध्यक्ष अंगराज घिमिरेले बताए । साे अवसरमा कमला केसीकाे अध्यक्षतामा महिला पतञ्जली याेग समिति गठन गरीएकाे छ ।

मध्यनेपाल नगरपालिका वडा नं. ६, भोर्लेटारको आयोजना र ईशानेश्वर माध्यमिक विद्यालयको सह-आयोजनामा भाेर्लेटारमा बृहत् नि:शुल्क पतञ्जलि योग विज्ञान शिविरको उद्घाटन भएको छ ।

पतञ्जलि योग शिविर भक्तपुरका योग प्रशिक्षक एवम् ईशानेश्वर माध्यमिक विद्यालयका पूर्व शिक्षक जीवन सिँजापतिको प्रशिक्षणमा वैशाख २१ देखि २८ गतेसम्म हुने कार्यक्रमको उद्घाटन मध्यनेपाल नगरपालिकाका नगरप्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि रमेशकुमार पाण्डेले गरेका थिए ।

मध्यनेपाल नगरपालिका वडा नं. ६, भोर्लेटारका वडाध्यक्ष विष्णुभक्त पौडेलको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन सत्र कार्यक्रम नेकपाका नगर अध्यक्ष रामचन्द्र पौडेल, ईशानेश्वर माविका प्रअ रामकृष्ण घिमिरे, सोही विद्यालयका पूर्व प्रअ भाग्यशाली घिमिरे, इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक नवचन्द्र मल्ल, वडा सदस्य रामकृष्ण कुँवर, विव्यस सदस्य इन्द्रप्रसाद रेग्मी लगायतको अातिथ्य रहेको थियोे ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य ईशानेश्वर माविका पूर्व शिक्षक भूपालजङ कुँवर र सहजीकरण ईशानेश्वर क्याम्पसका क्याम्पस प्रमुख रमेशचन्द्र घिमिरेले गरेका थिए ।

 


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *